बार्सिलोना र रियलको जित, एट्लेटिको पराजित | Khabarhub Khabarhub

बार्सिलोना र रियलको जित, एट्लेटिको पराजित


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध सहज जितसँगै क्याटलन क्लब बार्सिलोना स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ।

आइतबार राति क्याम्प नोउमा भएको खेलमा १-० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा पुनरागमन गर्दै ४-२ को जित निकालेको हो।

जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको पाँचौ स्थानमा झरेको छ।

बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाबी,रोनाल्ड अरौजो र डानी अल्भेसले १-१ गोल गरे। एट्लेटिकोका यान्निक कारास्सो र लुइस स्वारेजले १-१ गोल गरे।

खेलको ६९औँ मिनेटमा डानी अल्भेसले रातो कार्डको सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो। जितसँगै बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ। एट्लेटिकोको समान खेलबाट ३६ अंक छ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : ५७ बजे

शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चार निर्देशन

काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्राविधिक

पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दैलेख – कर्णाली राजमार्गअन्तर्गत आज पाल्तडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको

फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको

ओलीले भने : लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प छैन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री