रोल्पामा बढ्दो दुर्घटना रोक्न सडक स्तरोन्नतिको आवश्यकता रहेको सरोकारवालाको भनाइ « Khabarhub

रोल्पामा बढ्दो दुर्घटना रोक्न सडक स्तरोन्नतिको आवश्यकता रहेको सरोकारवालाको भनाइ


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – गत कात्तिक २८ गते रोल्पाको माडी गाउँपालिका–१ घर्तीगाउँमा भएको जीप दुर्घटनामा एक महिलासहित तीन जनाको ज्यान गयो । दुर्घटना घर्तीगाउँ बजार नजिक शहीदमार्गमा भएको थियो । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका थिए । घटनामा तीन गम्भीर घाइते भए।

गत मङ्सिर १ गते माडी गाउँपालिका–४ तार्केवाङमा भएको बस दुर्घटनामा एक महिलासहित चार जनाको ज्यान गयो । दुर्घटनामा १८ जना घाइते भए। दाङ घोराहीबाट रोल्पाको थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाँउपालिका–४ तार्केबाङ शहीदमार्गमा दुर्घटना भएको थियो । बस शहीदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ । जलजला दर्शनका लागि सो बस बुकिङ गरिएको थियो ।

यस्तै गत पुस १८ गते रोल्पा नगरपालिका–९ ह्वामा गर्पामा अटोरिक्सा दुर्घटना भयो । दुर्घटनामा चालकको मृत्यु भयो । रोल्पामा सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७-७८ मा रोल्पामा १४ सवारीसाधन दुर्घटनामा परे । दुर्घटनामा तीन महिलासहित १५ जनाले ज्यान गुमाए । दुर्घटनामा १५ महिला, ११ पुरुष र नौ बालबालिका घाइते भए ।

यस्तै आव २०७६-७७ मा जिल्लामा २४ सवारीसाधन दुर्घटना भए । दुर्घटनामा परी दुई महिला, १० पुरुष र एक नाबालिकाको ज्यान गयो । दुर्घटनामा पाँच महिला, १९ पुरुष र ६ बालक घाइते भए । आव २०७५-७६ मा २६ सवारीसाधन दुर्घटना भए । दुर्घटनामा एक महिला, १० पुरुष र चार बालबालिकाको ज्यान गयो । दुर्घटनामा २३ महिला, २५ पुरुष र नौ बालबालिका घाइते भए ।

जिल्लामा पक्की सडक ५८ किलोमिटर मात्रै छ । चकचके लिवाङ खुङ्ग्री लिवाङखण्ड ३८ किलोमिटर, लिवाङ सिमलवाङ पाँच किलोमिटर, घोराही चुनवाङ शहीदमार्ग १३ किलोमिटर र सुलीचौर काधधारादेखि केराबारी तीन किलोमिटर लामो छ । जिल्लाका अन्य सबै सडक कच्ची छन् । अधिकांश सडक मापदण्ड विपरीत छन् । साँघुरो मोड, मापदण्डभन्दा बढी उकालोओरालो भएका सडकमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रञ्जित आचार्यको भनाइ छ ।

जिल्लाभर सडक सञ्जाल विस्तार भए पनि यसको नियन्त्रण र नियमन गर्ने निकाय ट्राफिक प्रहरीको पहुँच भने निकै कम छ । जिल्लामा हाल १२ मात्रै ट्राफिक प्रहरी कार्यरत छन् । सदरमुकाम लिवाङमा पाँच जना, सुलीचौर र होलेरीमा दुई-दुई तथा सातदोबाटो, दारबोट र घर्तीगाउँमा एक-एक ट्राफिक प्रहरी कार्यरत छन् । सडकका खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाएको छ । सडक स्तरोन्नतिका नाममा बर्सेनी करोडौँ बजेट खर्च हुने गरेको छ । बाटोको अवस्था भने उस्तै छ ।

जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद् पक्ष भएको सरोकारवालाको भनाइ छ । जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कूल बजेटको झण्डै ६० प्रतिशत बजेट विनियोजन गर्ने गर्दछन् । सङ्घीय सरकार र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ । यो क्रमले विगत पाँच वर्षयता निरन्तरता पाइरहे पनि जिल्लाका सडक गुणस्तरीय भएको जिल्लावासीको गुनासो छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १२ : ०५ बजे

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले