भारतमा पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै « Khabarhub

भारतमा पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन् । एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको हो । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण ८९५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अझै पनि सक्रीय संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ छ । कूल संक्रमितको २ दशमलव ६२ प्रतिशत सक्रीय संक्रमित छन् भने कोभिडबाट निको हुने दर ९६ दशमलव १९ प्रतिशत छ । त्यस्तै, कोभिड संक्रमण दर ७ दशमलव २५ छ ।

भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले आइतबार स्पुतनिक लाइट खोपलाई आपतकालीन प्रयोगका लागि मान्यता दिएको थियो । योसँगै भारतले कोभिडविरुद्ध ९ ओटा खोपलाई मान्यता दिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  २ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु