डम्बरको सांगीतिक ‘किन यसरी’ « Khabarhub

डम्बरको सांगीतिक ‘किन यसरी’


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेप्सिनेको प्रस्तुतीमा नेपाली गीत ‘किन यसरी’को भिडियो रिलीज भएको छ । डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत तथा स्वर रहेको यस गीतको भिडियोका निर्देशक विधान कार्की हुन् । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ ।

गीतमा लामो समयपछि भेट भएकी प्रेमिका प्रति पोखिएका गुनासाहरुलाई समेटिएको छ । गायक खनाल हाल अमेरिका बस्दै आएका छन् । उनले हालसम्म ६ वटा गीतमा संगीत भरेका छन् । ति गीतहरु क्रमैसँग रिलीज गर्ने उनले बताए ।

‘म एक भुटानी समुदायको अमेरिकामा बस्दै आएको नेपाली हुँ । गीत संगीतमा सानैदेखिको रुचि थियो । यसअघि भुटानका गतिविधी समेटेर ‘नरोईदेउन मेरी आमा’ बोलको गीत रिलीज गरेको थिएँ । साथीहरुबाट नेपाली गीत संगीतमा केहि गर्न सक्छस् भनेर दिएको हिम्मतबाट यो गीत ‘किन यसरी’को जन्म भएको हो,’ खनालले भने ।

यो गीतको दोश्रो भाग पनि छिट्टै आउने बताईएको छ । भिडियोको अन्त्यमा पनि यसबारे जानकारी दिईएको छ । मनिषा पोखरेलले कला निर्देशन गरेको यस भिडियोका छायाँकार हरी हुमागाईँ हुन् भने बिकास दाहालले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : २० बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर