‘गलबन्दी’ गीतकी लजालु मोडलको ‘हट’ अवतार ( २५ फोटो ) « Khabarhub

‘गलबन्दी’ गीतकी लजालु मोडलको ‘हट’ अवतार ( २५ फोटो )


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करीब १५ मिनेट लामो एउटा गीतको भीडियोले नेपाली गीत संगीत क्षेत्रमा निकै चर्चा पायो । गायक प्रकाश सुपुत र शान्तिश्री परियारले गाएको यो गीत नसुन्ने र नहेर्ने सायदै नेपाली संगीत प्रेमी र नेपाली स्रोता दर्शक होलान् ।

मौलिक नेपाली र गाउँले पारामा बनाएको भीडियोका कारण पनि यसले भ्यूज पाइरहेको छ भने यसको शव्दले पनि मानिसलाई तानेको छ ।

‘गलबन्दी च्यातियो तिमीले तानेर,बोलाउन खोजेको आफ्नै ठानेर ’ बोलको यो गीतमा गीतसहित भिडियो पनि हिट भएको छ र गीतमा अभिनय गरेकी मोडलको पनि चर्चा चुलिएको छ ।

यसअघि पनि धेरै भिडियोमा अभिनय गरिसकेकी मोडलको यो गीतमा भने चर्चा अझै भइरहेको छ । लजालु स्वभावमा भिडियोमा देखिएकी उनी हुन् मोडल अन्जली अधिकारी । यो गीतमा उनको लजालुपन र अभिनयको निकै तारिफ गरिएको छ ।

बर्दियाकी अञ्जलीलाई नृत्य क्षेत्रमा ल्याउने श्रेय गीतकार बद्री पंगेनीलाई जान्छ । एसएलसी सकिएपछि काठमाडौं आएकी उनलाई पंग्गेनीले एउटा दोहोरी साँझमा नृत्यागनाको काम दिएका थिए ।

त्यसैबेला देखि व्यवसायीक कलाकारिता र मोडलिङ गरिरहेकी अधिकारीले सयभन्दा धेरै भीडियोमा अभिनय गरिसकेकी छिन् । उनको चर्चा यसअघि प्रकाश सपुतले सार्वजनिक गरेको बोल माया गीतको भीडियोले दिलाएको थियो ।

त्यसपछि अहिले सार्वजनिक भएको गीतले अधिकारीलाई अभिनयको क्षेत्रमा थप उचाइमा लगेको छ । उनको अभिनय र लजालुपनलाई धेरैले मन पराएका छन् । उनै लजालु अधिकारीका केही हट फोटो हामीले यहाँ प्रस्तुत गरेका छौं –

तस्वीरहरु अन्जली अधिकारीको फेसबुकबाट लिइएको हो ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ३ : ३४ बजे

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

घोराही– देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा

स्याङ्जा- १ का उम्मेदवार मिनप्रसादलाई ६ प्रश्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा देशैभरीका १६५

बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बालअधिकारका विषयलाई आफ्ना घोषणापत्रमा

सडक दुर्घटनामा एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१५ मा आज बिहान भएको सडक दुर्घटनामा

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा एक सय रुपैयाँले गिरावट