कुमारी आमा निहारिकाको चित्कारः न्याय मरेको देश | Khabarhub Khabarhub

कुमारी आमा निहारिकाको चित्कारः न्याय मरेको देश


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कुमारी आमा निहारिका राजपुतलाई न्याय दिनुपर्ने माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ । निहारिकालाई करणी गरी गर्भवती बनाएको मुद्दामा अभियुक्त धनुषा महेन्द्रनगरका शिवराज श्रेष्ठलाई जिल्ला अदालतले सोमबार सफाई दिएपछि महिला अधिकारकर्मीसहितले आज प्रदर्शन गरेका हुन् ।

पीडित निहारिकासहित महिला अधिकारकर्मीहरूले जनक चोकबाट प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए । त्यसपछि उनीहरूले जिल्ला अदालत अगाडि धर्नासमेत दिए । 

निहारिका अदालतभित्र प्रवेश गर्न खाजेपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा उसलाई चोट पनि लागेको थियो । एकदमै तनाव र आक्रोशमा देखिएकी निहारिका बेहोस पनि भएकी थिइन् ।

जिल्ला अदालतपछि उनीहरू प्रदर्शन गर्दै सरकारी वकिलको कार्यालय अगाडि पुगेका थिए । निहारिकाले सरकारी वकिलहरूले आफूमाथि अन्याय गरेको आरोप लगाइन् । तीन वर्षीय छोरोलाई लिएरै प्रदर्शनमा आएकी निकारिकाले प्रहरी प्रशासन, अदालत र वकिल कार्यालयले शिवराजलाई उन्मुक्ति दिएको आरोप लगाइन् ।

उनले भनिन् ‘यो बच्चा बलात्कारबाट जन्मेको हो । डीएनए टेष्ट किन गरिएन ? एकपक्षीय फैसला आएको हो । मेरो अनुपस्थितिमा केटा (शिवराज श्रेष्ठ) लाई सफाइ दिइयो ।’

उनले थपिन्’ ‘म हार मान्ने छैन । अझ् अगाडि बढ्छु । उच्च अदालतमा मुद्दा हाल्छु । त्यो केटा (शिवराज श्रेष्ठ) आजाद भएर घुम्न सक्दैन । त्यो डेढ वर्ष फरार थियो । त्यसपछि ६ महिनादेखि थुनामा थियो ।,’ निहारिकाले आत्महत्या गर्ने धम्कीसमेत दिइन्, ‘त्यो स्वतन्त्र भएर बाँच्न पाउँदैन । त्यो बाँच्न पायो भने म अदालतको बाहिर आफ्नै घाँटी काटिहाल्छु।’

यसअघि, कुमारी आमा निहारिकाले अदालतबाट समेत न्याय पाउन नसकेको भन्दै सोमबार रुदै फेसबुक लाइभ गरेकी थिइन् । न्यायाधीश पर्शुराम भट्टराईले मुद्दामा अभियोग दाबी नपुगेको ठहर गर्दै आरोपी श्रेष्ठलाई सफाई दिएका थिए ।

महोत्तरी जलेश्वरकी निहारिकाका ३ वर्षीय छोरो छ । तीन वर्षअघि श्रेष्ठले आफूलाई प्रेममा पारी शारीरिक सम्बन्ध बनाएको तर, गर्भवती भएपछि विवाह नगरेको उनको आरोप छ । शिवराजको परिवारले बच्चा फाल्न पटक–पटक आफूलाई दबाब दिएको पनि उनले बताइन् । निहारिकाले भने बच्चा जन्माएकी थिइन् ।

न्यायको माग गर्दै अदालतमा मुद्दा दिएसँगै शिवराज डेढ वर्षसम्म फरार भएका थिए । त्यसपछि अदालतमा हाजिर भएका उनी केही महिनादेखि थुनामा थिए । जिल्ला अदातलले भने शिवराजलाई सफाइ दिएपछि निहारिका र अधिकारकर्मी न्याय मरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ५५ बजे

सोमबार बानेश्वरमा दिनभर घुम्दा जे देखियो…

काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार

जेनेभाबाट राष्ट्र संघले भन्यो–  नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ

काठमाडौं– सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार

ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यू

ललितपुर – ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू

ओली सरकारविरुद्ध खनिए कलाकार

काठमाडौं – सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय

भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ

काठमाडौं – सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो