वर्नलीसँग बराबरीमा रोकियो युनाइटेड « Khabarhub

वर्नलीसँग बराबरीमा रोकियो युनाइटेड


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रेलिगेशन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड १-१ को बराबरीमा रोकिएको छ ।

वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमायो ।

पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसंगै युनाइटेडले अग्रता बनाएको थियो । तर घरेलु टोलीका जय रोड्रिगुयजले ४७औं मिनेट बराबरी गोल गर्दै टोलीको संकट टारे ।

खेलको दोस्रो हाफको ६८औं मिनेट क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरेपनी कुनै जादु देखाउन सकेनन् ।

बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंकसहित पाँचौं स्थानमा छ। वर्नली भने २० खेलबाट १४ अंक सहित पुछारमा रहेको छ ।

राति नै भएको खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३-१ तथा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १-० ले पराजित गर्दै शीर्ष चारमा उक्लियो ।

लिगमा २३ खेलबाट ५७ अंक सहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : ५५ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच