यस्तो छ जापानमा बारम्बार भूकम्प जानुको कारण | Khabarhub Khabarhub

यस्तो छ जापानमा बारम्बार भूकम्प जानुको कारण


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो । केही वर्षको अन्तरालमा  जापानीले बारम्बार भूकम्प महसुस गर्छन् । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरूले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । उनीहरूका अनुसार दक्षिणी जापानमा ठुलो भूकम्प जानुको कारण जमिनमुनि रहेका पहाड आकारका चट्टानका ठुला रास हुन सक्छन् ।

वैज्ञानिकहरूले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामक संरचना फेला पारेका छन् । ठुला भूकम्पहरुबाट आउने टेक्टोनिक उर्जा यस वरपरको विभिन्न विन्दुहरूमा डाइर्भट हुने गरेको कुमानो प्लुटोनको ३ डी भिजुअलाइजेसनले खुलासा गरेको वैज्ञानिकहरुको भनाई छ ।

‘कहिले, कहाँ र कसरी ठुला भूकम्प जान्छन् भनेर ठ्याक्कै हामीले भविष्यवाणी गर्न सकिँदैन । तर, हाम्रो नमुनालाई मोनिटरिङ डाटासँग मिलाउँदा हामी निकट भविष्यका प्रक्रियाहरू अनुमान सुरु गर्न सक्छौँ,’ जापान एजेन्सी फर म्यारिन अर्थ साइन्स एन्ड टेक्नोलोजीका भूभौतिकविद् शुइची कोदाइरा भन्छन् । उनको भनाईलाई अस्टिन वेबसाइटमा युनिभर्सिटी अफ टेक्सासले उद्धृत गरेको छ ।

कुमारनो प्लुटनोको वास्तविक हद (क्षेत्र) लाई बुझ्न वैज्ञानिकहरूले २० वर्षदेखिको भूकम्पीय तथ्याङ्क जाँच गरेका थिए । सो कार्यका लागि सेस्मिक सेन्सर्सको जापान नेटवर्कबाट लाखौँ रेकर्डहरू समावेश गरिएको थियो ।

अहिलेसम्मकै ठुलो सेस्मिक डाटालाई  विश्वविद्यालयको सुपर कम्प्युटर लोनस्टारलाई प्रदान गरिएको थियो । कुमानो प्लुटोन निकै घना र कठोर हुने र यसले भूकम्प गराउने टेक्टोनिक गतिविधिलाई सहयोग गर्ने अनुसन्धानकर्ताहरु विश्वास गर्छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : ३६ बजे

बाढीपहिरोमा तीन विदेशीको मृत्यु भएको पुष्टि, पाँचजना घाइते

काठमाडौं- गत असोज ११ र १२ गते देशका विभिन्न भागमा

‘व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर’

ललितपुर– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत

चैनपुर– तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत

प्रथम अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी – पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम

जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं– सनथ जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षक नियुक्त भएका छन्