हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक‍का लागि दरखास्त आह्वान « Khabarhub

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक‍का लागि दरखास्त आह्वान


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो।

महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ। उद्योग मन्त्रालयको प्रशासन तथा संस्था शाखामा दरखास्त दिन सकिनेछ। दरखास्तका साथमा निवेदकले उद्योग सञ्चालनका लागि व्यावसायिक कार्ययोजना पेश गर्नुपर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

३५ वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको व्यक्तिले महाप्रबन्धकका लागि दरखास्त दिन सक्नेछन्। प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कुनै संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्ष काम गरेका व्यक्तिले दरखास्त दिनसक्ने मन्त्रालयले जनाएको छ।

दरखास्त स्वीकृत भई छनोटमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामार्फत उत्कृष्टलाई नियुक्तिका लागि सिफारिस गरिनेछ। सरकारी स्वामित्वको उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन छ। महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल गत पुसमा सकिएको थियो। सिहंले २०७१ सालदेखि महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : ५९ बजे

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना

रोनाल्डोको नियति: १६ वर्षअघिकै अवस्थामा स्पेनसँग हार्दै विश्वकपबाट बाहिरिए

काठमाडौँ – फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज