जयनन्दले ल्याए ‘महाभार लेकको जंगलमा’ | Khabarhub Khabarhub

जयनन्दले ल्याए ‘महाभार लेकको जंगलमा’


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि मौलिक लोकगीत ‘महाभार लेकको जंगलमा याला’ दर्शकमाझ ल्याएका छन् । उनले आफ्नै युट्युबमार्फत गीत सार्वजनिक गरेका हुन् ।

गायक लामाकै शब्द र संगीत रहेको लोक गीतमा दीपा लामा, बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशीकला मोक्तान र अञ्जु थोकरको पनि स्वर सुन्न सकिन्छ । गीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ ।

ल्होसारको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा कलात्मक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ । इन्द्र गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोमा ह्योल्मो, दाब फिन्जो तामाङ, बाबु जिम्बा, श्याममाया गुरुङ, सकु तामाङ फिचर्ड छन

सेवा फिल्म्स्को दृश्य निर्माण र सुरेन्द्र थिङको निर्माणमा बनेको म्युजिक भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन बाबु जिम्बाले गरेका छन् ।

गायक लामाले आफूले झण्डै ४० वर्ष अघि संकलन गरेको गीत गाएको बताए । ‘यो पहाडी र हिमाली श्रृंखलाको बिचमा बस्ने सम्पूर्ण नेपालीको पूरानो र मौलिक परम्परागत गीत हो’, जयनन्दले भने, ‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाडपर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो ।’

पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले लोकगीत, दोहोरीगीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन् । गायक लामा पछिल्लो समयमा फिल्मी अभिनयमा व्यस्त छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १२ : २८ बजे

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

काठमाडौं– रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले

तीन हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार, प्रहरीले भन्यो- सतर्कता अपनाउनू

काठमाडौं– यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका

काभ्रे प्रहरीले समात्यो विभिन्न जेलबाट फरार ३७ कैदी

काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न कारागारबाट फरार भएका ३७