भ्रष्टाचारको अखडा बन्दै महोत्तरीका स्थानीय तह, माघमा मात्रै २० वटा उजुरी अख्तियारमा « Khabarhub

भ्रष्टाचारको अखडा बन्दै महोत्तरीका स्थानीय तह, माघमा मात्रै २० वटा उजुरी अख्तियारमा


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – राज्य पुनर्संरचनापछि घरै अगाडि बनेको सरकारले जनताको  सु:ख र समृद्धिका लागि आमूल परिवर्तन ल्याउनेमा महोत्तरी गौशालाका राम सरोज निकै उत्साहित थिए । २०७३ को निर्वाचनताका उनका दुई छोरामध्ये एक जना छोरा वैदेशिक रोजगारमा थिए । निर्वाचन नजिकिँदै गर्दा उनले छोरालाई पनि बोलाए र स्थानीय तहको चुनावमा परिचालन गरे ।

छिमेकीलाई उम्मेदवार बनाएर स्थानीय सरकार सञ्चालनमा पठाउँदा अझ यादवका अपेक्षा बढ्दै गए । तर निर्वाचन जितिसकेपछि स्थानीय सरकार सञ्चालनमा गएका गाउँघरका छोरा, भतिजा जब झगडामा व्यस्त बने, तब यादवका अपेक्षा मात्र टुटेनन् छोराहरूलाई पुनः विदेश पठाउनुपर्ने बाध्यता सिर्जना बन्यो ।

अझ हरेक जनप्रतिनिधिले व्यक्त गरेका प्रतिबद्धता र घोषणापत्र हेर्न लायक थिए । जनप्रतिनिधिहरू निर्वाचित भएपछि बर्दिबासका ईश्वर बस्नेत  युवाहरूलाई स्वरोजगार र कृषि क्षेत्रमा बनाएका योजना देखेपछि विदेशको बसाइलाई बिट मारेर स्वदेश फर्किए । कृषिमा केही गर्ने योजना बनाएर फर्किएका बस्नेत जब स्वदेश फर्किए तब उनले सोचेजस्तो हुँदै भएन । लाखौँ खर्चेर बस्नेतले कुखुरा फार्म खोले । बजार नहुँदा घाटा खानुपर्‍यो । न बजारको सुनिश्चितता थियो न त उत्पादित वस्तुको उचित मूल्य नै । केही नलागेपछि बस्नेत अहिले पनि वैदेशिक रोजगारमा छन् ।

स्थानीय तहको निर्वाचन मिति तय भएसँगै महोत्तरीमा स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरूको समीक्षा हुन थालेको छ । चिया पसल, चोक र चौतारीमा जनप्रतिनिधिहरूकै चियो र चर्चा सुन्न र देख्न सकिन्छ । महोत्तरीका १५ स्थानीय तहमध्ये प्राय: स्थानीय तहमा जनप्रतिनिधिहरूको कार्यकाल विकासका स्मरणयोग्य कामभन्दा पनि झगडामा ब्यतित भयो । न वैदेशिक रोजगारमा रहेका युवाहरू घर गाउँ फर्किएर केही गर्ने वातावरण बन्यो न त रामसरोजहरूले देखेका सपना पूरा भए । घर-घरमा सिंहदरबार त आयो, तर जनताका सुख र समृद्धिका परिकल्पना एकादेशका कथा बने ।

जिल्लामा पाँच गाउँपालिका र १० नगरपालिका छन् । तर प्रायः पालिका भ्रष्टाचार र अनियमितताका अखडा बनेका छन् । जिल्लाका सबै स्थानीय तहको गरी यो आर्थिक वर्षमा मात्र महोत्तरीमा दुई सय २५ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परे । अख्तियार कार्यालय बर्दिबासका सूचना अधिकारी विजय शर्माका अनुसार मधेस प्रदेशको महोत्तरी भ्रष्टाचार र अनियमितताका निवेदनअनुसार तेस्रो नम्बरमा पर्छ ।
आयोगको कार्यालय बर्दिबासले हेर्ने मधेस प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी धनुषाका स्थानीय तहमा अनियमितता हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा महोत्तरीका दुई सय २५ भ्रष्टाचार र अनियमितताका निवेदनमध्ये ८२ वटा फर्स्यौट भइसकेका छन् भने अझै एक सय ४३ वटा निवेदन अनुसन्धानको क्रममा छन् ।

निवेदन व्यक्तिभन्दा पनि प्राय: स्थानीय सरकारविरुद्ध रहेको शर्मा बताउँछन् । अख्तियारमा परेका निवेदनलाई आधार बनाएर हेर्ने हो भने पनि स्थानीय सरकारको यो पाँच वर्षको कार्यकाल खासै फलदायी बन्न सकेन । तर महोत्तरीका कतिपय पालिकाहरु भने अख्तियारको नजरमा पनि उत्कृष्टमा छन् । जिल्लामै सबैभन्दा कम निवेदन पर्ने गौशाला, बर्दिबास नगरपालिका हुन् ।

यी पालिकामा कतिपय विकास देखिने गरी नै भएका छन् भने कतिपय आधार तयार भएका छन् । बर्दिबासमा मेयर कृषि कार्यक्रमअन्तर्गत रहेको मोडेल एग्रो भिलेज यो कार्यकालकै महत्वपूर्ण उपलब्धि हो । अहिले योजनामा आधारित भएर काम भइरहेका छन् कैयौँ बन्ने क्रममा छन् । जिल्लामा बर्दिबास, गौशाला, मट्टीहानी जस्ता नगरपालिकाका काम सन्तोष गर्न लायक देखिएका छन् ।

जिल्लामा सबैभन्दा बढी भ्रष्टाचार हुने पालिकामा सोनामा गाउँपालिका दर्ज भएको छ । संख्यात्मक रूपमा सोनामा गाउँपालिकामा भ्रष्टाचारसम्बन्धी निवेदन बढी रहेको अख्तियार सूचना अधिकारी शर्माले जानकारी दिए । अख्तियारको तथ्यांकअनुसार महोत्तरीमा भ्रष्टाचारका घटनामा वृद्धि हुँदै गएको देखिएको छ । माघ महिनामा मात्र २० वटा उजुरी परिसकेको बर्दिबासस्थित अख्तियारको कार्यालयले जनाएको छ ।

उजुरीमा मात्र हैन लागु औषध, घरेलु हिंसा, चोरी डकैती जस्ता घटनामा समेत वृद्धि भएका छन् । कात्तिकदेखि पुस मसान्तसम्म दुई सय एकओटा घरेलु हिंसाका घटनाको ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जसमध्ये एक सय २७ वटा महिला र ७४ वटा पुरुषका ठाडो उजुरी परेका छन् । धेरैजसो महिला हिंसाका घटना छन्। दाइजो, गरिबी तथा अन्धविश्वासका कारण नै महिलाहरू घरेलु हिंसाको सिकार बनेको प्रहरीको बुझाइ छ । लागुऔषधका घटनामा समेत वृद्धि भएको देखिएको छ । विभिन्न स्थानीय तहका ६६ जनालाई प्रहरीले पछिल्लो तीन महिनामा पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १ : १७ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा