सार्वजनिक जग्गामा बनेका संरचना हटाइँदै | Khabarhub Khabarhub

सार्वजनिक जग्गामा बनेका संरचना हटाइँदै


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली–व्यास नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले आजदेखि नगरक्षेत्रभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन थालेको हो ।

पहिलो चरणमा आज व्यास नगरपालिका–२ स्थित जनजागृति टोलमा निर्माण गरिएका संरचना हटाइएको छ । स्थानीय विक्रम श्रेष्ठ, भरत पोख्रेल, मनबहादुर रुचाल, राजेन्द्र श्रेष्ठ, कला श्रेष्ठ र उत्तरशिला टोलस्थित वृषराज श्रेष्ठले निर्माण गरेका संरचना वडाध्यक्ष काशिराम श्रेष्ठको उपस्थितिमा नगरपालिकाले भत्काएको छ ।

सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काउन पटक–पटक पत्राचार गर्दा पनि नभत्काएपछि नगरपालिकाले डोजर लगाएर भत्काइदिएको नगरपालिकाका घरनक्सा शाखाका नासु भाग्यशाली ढुङ्गानाले जानकारी दिए ।

नगरपालिकाले गत पुस २२ गते १५ दिनको सूचना प्रकाशित गरी सार्वजनिक जग्गा मिची निर्माण गरिएका घरटहरा हटाउन सम्बन्धित व्यक्तिलाई सूचित गरेको थियो । उक्त सूचना जारी भएको एक महिना पुग्दा पनि नगरपालिकाले निर्णय कार्यान्वयन नगरेको भन्दै सञ्चारमाध्यमको तर्फबाट दबाब सिर्जना गरिएपछि नगरपालिकाले घरटहरा भत्काउन थालेको हो ।

नगरक्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना हटाइने नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व भएकाले अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइने जानकारी दिए ।

नगरपालिकाका अनुसार व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ । साथै व्यास नगरपालिका–१ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ । नगरभित्र सरकारी जग्गा मिचेर १४ वटा घर निर्माण भएको छ । ४८ वटा संरचना अनियमित तरिकाले बनेका छन्, त्यसमध्ये १४ वटा संरचना जग्गा अतिक्रमण गरेको बनेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : ३० बजे

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर – कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक

युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ रोकिँदैन : ह्यारिस

एजेन्सी– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायल र अरब नेताहरूलाई बन्धक

सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर

चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली– कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा

नयाँदिल्ली– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँच दिने द्विपक्षीय भ्रमणका लागि