स्थानीय तहमा पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ « Khabarhub

स्थानीय तहमा पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरी जिल्ला भंगहा नगरपालिकाका प्रमुख संजीवकुमार साहले आफूहरुको कार्याकाल सकिनु अघिनै स्थानीय तहको निर्वाचन गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा पेस गरको रिट दरपीठ भएको छ ।

प्रमुख शाहले मंगलबार गत स्थानीय तहको २०७४/०६/०७ देखि २०७९/०६/०६ सम्म पाँच वर्षे कार्यकाल भएको तर सरकारले त्यस अगावै वैशाख ३० मा निर्वाचन गर्ने निर्णय भएको भन्दै परमादेश माग गरिएको थियो ।

तर सर्वोच्च अदालतका रजिष्ट्रास रायपाप्रसाद पन्थीले विना आधार प्रस्तुत निवेदन लिई आएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका आधारमा दर्ता गर्न मिलेन । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपीठ गरेको आदेश दिएका छन् ।

रिट निवेदकले संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ भनिएको भनिएको र स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४(४) र दफा ५५ नेपालको संविधानको धारा २१६४६) र धारा १ बमोजिम अमान्य हुने प्रष्ट व्यवस्था रहेको स्मरण गराएको छ ।

‘नेपाल सरकारले नेपालको सबै स्थानीय तहको निर्वाचन मिति २०७९/०१/३० गते तोकेको छ। प्रत्यर्थीहरुले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४(४) र दफा ५५ को आडमा मेरो नगरप्रमुखको पदावधि संविधानको धारा २१६६६) बमोजिमको पाँच वर्षको कार्यकाललाई घटाउने प्रवल सम्भावना रहेको हुनाले निवेदक निर्वाचित भएको मिति २०७४/०६/०७ देखि २०७९/०६/०६ सम्मको पाँच वर्षे कार्यकाल निर्वाधरुपमा उपभोग गर्न दिनु भनी धारा १३३ (२) (३) बमोजिम परमादेशको आदेश समेत जारी गरी पाउँ ‘ सर्वोचमा निवेदन दिइएको थियो।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ०७ बजे

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने