चीनद्वारा अमेरिकी सामानमा भन्सार थप | Khabarhub Khabarhub

चीनद्वारा अमेरिकी सामानमा भन्सार थप


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनले अमेरिकामा उत्पादन हुने केही सामानमाथि भन्सार कर थप गरेको छ ।

शनिबारबाट लागू हुनेगरी यस्तो कदम चालिएको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । चीनको पछिल्लो कदम अनुसार अमेरिकामा उत्पादन भएका करिब ६० अर्ब अमेरिकी डलर बराबरका आयातित सामानका सूचीमध्ये केही सामानका लागि बेग्लै भन्सार कर उठाइनेछ ।

यस्ता करको दर थप २५, २० र १० प्रतिशत रहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएका छ । त्यसबाहेक यसअघि छ प्रतिशत बराबर भन्सार शुल्क लाग्दै आएका सामानमा छ प्रतिशत थपिएको जनाइएको छ ।

चिनियाँ कानून र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्ने र यसैअनुसार बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ८ : १७ बजे

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सङ्खुवासभा – विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा

भारत–पाकिस्तान तनावबीच पाकिस्तानको दोस्रो क्षेप्यास्त्र परीक्षण

इस्लामाबाद– कश्मीर विषयमा भारत–पाकिस्तानबीच फेरि चर्किएको तनावको बीचमा पाकिस्तानले दोस्रोपटक

प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सेवा आयोगले

सुरौदी जलाधार क्षेत्र : पुल नहुँदा जोखिम, खेतीयोग्ज जमिन बगरमा परिणत

गण्डकी– कास्की, स्याङ्जा र तनहुँका भू-भाग समेटर बग्ने सुरौदी खोलाको