चीनद्वारा अमेरिकी सामानमा भन्सार थप « Khabarhub

चीनद्वारा अमेरिकी सामानमा भन्सार थप


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनले अमेरिकामा उत्पादन हुने केही सामानमाथि भन्सार कर थप गरेको छ ।

शनिबारबाट लागू हुनेगरी यस्तो कदम चालिएको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । चीनको पछिल्लो कदम अनुसार अमेरिकामा उत्पादन भएका करिब ६० अर्ब अमेरिकी डलर बराबरका आयातित सामानका सूचीमध्ये केही सामानका लागि बेग्लै भन्सार कर उठाइनेछ ।

यस्ता करको दर थप २५, २० र १० प्रतिशत रहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएका छ । त्यसबाहेक यसअघि छ प्रतिशत बराबर भन्सार शुल्क लाग्दै आएका सामानमा छ प्रतिशत थपिएको जनाइएको छ ।

चिनियाँ कानून र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्ने र यसैअनुसार बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ८ : १७ बजे

२० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव

तराईमा बढेको धार्मिक तनावप्रति नागरिक समाजको चिन्ता, सद्भाव कायम गर्न अपिल

काठमाडौँ – तराईका केही जिल्लामा हिन्दू-मुस्लिम समुदायबीच देखिएको द्वन्द्वप्रति चिन्ता

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध