चैनपुर नगरपालिकामा अनियमितता भएको भन्दै कारबाहीको माग « Khabarhub

चैनपुर नगरपालिकामा अनियमितता भएको भन्दै कारबाहीको माग


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा–चैनपुर नगरपालिका आर्थिक अनियमितता भएको भन्दै संखुवासभाका चार दलले कारबाहीको माग गरेका छन् ।

चैनपुर नगरपालिका नगर प्रमुख भरतकुमार खत्रीसहित नगरपालिका नेतृत्वले चरम अनियमितता गरेको आरोप लागेको छ । नगरपालिकामा करडौंको अनियमितता भएको भन्दै राजनीतिक दलहरू र नगरवासीले विरोध जनाएका छन् ।

चैनपुर नगरपालिकामा रहेका एमालेबाहेकका चार दलले महालेखा परीक्षकको प्रतिवेदन देखाउँदै विरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तथा स्थानीयले चैनपुरमा बिहीबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएका छन् । यथाशीघ्र बेरुजु रकम तिर्न दबाबका लागि पत्रकार सम्मेलन गरिएको उनीहरूले बताए ।

माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राईले चाँडै बेरुजु रकम फिर्ता गर्दै कानुनी कारबाही भोग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका जिल्ला सचिव कुमारबाबु अधिकारीले जनप्रतिनिधि भएकाले नियमविपरीत रकम लिने अनि मलेपको प्रतिवेदनलाई नै बेवास्ता गरी फिर्ता नगर्ने प्रवृत्ति खराब रहेको बताए।

एकीकृत समाजवादीका नेता उमेशकुमार डाँगीले तीन वर्षको अवधिमा नगरमा करडौंको भ्रष्टाचार भइसकेको बताएका छन् ।

नगर प्रमुख खत्रीले व्यक्तिगत प्रयोजनका लागि लाखौं रकम पेस्की लिएको, चीन भ्रमणमा नियमविपरीतको रकम लिएको, अनुदान वितरण, खेलकुद कार्यक्रम सञ्चालन, नदीजन्य उत्खननबाट प्राप्त कर, ठेकेदार कम्पनीसँगको मिलेमतोमा रकम लिने गरेको आरोप लागेको छ ।

नगर प्रमुख खत्रीले प्रतिवेदन अध्ययन गरेर मात्रै जानकारी गराउने बताएका छन् ।

भ्रमणका नाममा स्वीकृतिविनै चार लाख भुक्तानी
नगर प्रमुख भरतकुमार खत्रीले चीन भ्रमणका नाममा निर्णयविनै करिब चार लाख रुपैयाँ भुक्तानी लिएका छन् । वैदेशिक भ्रमणमा जानुपूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने भए पनि प्रमुख खत्रीले स्वीकृति नलिई ४ असोज २०७५ मा चीन भ्रमणको नाममा तीन लाख ९९ हजार पाँच सय रुपैयाँ लिएका हुन् ।

आर्थिक वर्ष २०७५(७६ मा उनी चीन भ्रमण गएको भए पनि मन्त्रालयको स्वीकृति नलिई नै भ्रमण गरी भुक्तानी लिएका छन् । त्यस्तै सवारी साधनबापत वार्षिक ९६ हजार रुपैयाँ लिए पनि कार्यालयकै सवारी साधन प्रयोग गरी रकम लिएको उनीहरूको आरोप छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : ३० बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई