टिचिङ अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण, छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण « Khabarhub

टिचिङ अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण, छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल टिचिङ अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ।  

डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो ।

३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।भण्डारीको टोलीले १६ घन्टा समय लगाएर उक्त प्रत्यारोपण सम्पन्न गरेको हो। 

डा भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको शल्यक्रिया शनिबार बिहान साढे १२ बजे मात्र सकिएको थियो।

शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित झण्डै ५० जनाको टोली सहभागी भएको थियो।

सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो  पटक कलेजोको प्रत्यारोपण गर्न सफल भएको हो ।

मानव अंग प्रत्यारोपण केन्द्रले २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन सकेको थिएन । 

यस संगै कलेजो प्रत्यारोपणका लागि अब भारत लगायत अन्य मलुक जानु पर्ने अवस्थाको अन्त्य भएको छ ।भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण गर्न नेपालमा २५ लाख लाग्नेछ ।

कलेजो प्रत्यारोपणको लागि डा. सिंहको टोलीले ५ वर्षदेखि तयारी गरेको थियो। ५ वर्षअघिदेखि तयारी गरेपनि प्रत्यारोपण गर्ने अनुमति भने चार महिनाअघि पाएका थिए ।

वार्षिक १० देखि १५ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको डा. भण्डारी बताउँछन्। सुरुवातका केही महिना एक वटा प्रत्यारोपण गरेपनि तीन महिनापछि प्रत्यारोपणको स्पिड बढाउने उनले बताए ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ९ : २५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने