सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र « Khabarhub

सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइ सुविधाका लागि खनिएको डिप बोरिङ अलपत्र अवस्थामा रहेकाे छ । घिरिङ गाउँपालिका–४ को करूवाटारलगायतका कृषियोग्य भूमि सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र अवस्थामा पुगेको हो । कृषि क्षेत्रमा गरेको सरकारी लगानी खेर जाने अवस्थामा पुगेको वडा नम्बर ४ का वडासदस्य मनबहादुर रानाभाटले बताए ।

सरकारका विभिन्न निकायको सहयोगमा करूवाटारको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन डिप बोरिङ खनिए पनि बोरिङ सञ्चालनको लागि विद्युत् सेवा पुर्‍याउन नसक्दा डिप बोरिङ अलपत्र बनेको छ ।

घिरिङको करूवाटारका खेतीयोग्य जमिनमा सिँचाइ गर्न चार वर्षअघि सङ्घ, प्रदेश र स्थानीय तहको आर्थिक सहयोगमा चार वटा डिप बोरिङ खनिएको थियो तर बोरिङबाट पानी तान्न मोटर सञ्चालनका लागि विद्युत् नहुँदा किसानले सिँचाइ गर्नबाट वञ्चित हुनुपरेको वडासदस्य रानाभाटले जानकारी दिए ।

‘विद्युत् सेवा नहुँदा बोरिङ प्रयोगमा आउन सकेको छैन’, उनले भने, ‘लामो समयदेखि बोरिङ सञ्चालन नहुँदा बोरिङमा प्रयोग गरिएको फलाम खिया लागेर नष्ट हुने अवस्थामा पुगेको छ ।’ गाउँपालिकाले खनेको एउटा बोरिङमा सोलार प्लान्ट जडान गरेर केही समय पानी निकालिए पनि अहिले सोलार पनि चल्न छाडेको छ । बोरिङ खनिएको स्थानसम्म विद्युत् सेवा पुर्‍याउन ८५ वटा पोल गाडेर ११ हजार भोल्टेजको लाइनको तारसमेत टाँगिसकिएको छ । विद्युत्को लाइन जडानका लागि कतैबाट पनि पहल नहुँदा किसान सिँचाइबाट वञ्चित भएका छन् ।

उक्त क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि सङ्घ सरकारसँग पहलकदमी भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । केही अघि काठमाडौं जाँदा ऊर्जामन्त्रीसमक्ष यस विषयमा कुरा राख्दा सकारात्मक आश्वासन पाएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ७ : ५१ बजे

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध

एजेन्सी– रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर– यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु