श्रीलंकामाथि न्युजिल्यान्डको शानदार जीत « Khabarhub

श्रीलंकामाथि न्युजिल्यान्डको शानदार जीत


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्‍वकप क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा न्युजिल्याण्ड विजयी भएको छ ।

विश्वकपको आफ्नो पहिलो खेलमा १० विकेटको शानदार जित हात पार्दै न्युजिल्यान्डले विश्वकपमा शुखद सुरुआत गरेको हो ।

इंग्ल्याण्डको कार्डिफमा भएको खेलमा श्रीलंकाले न्युजिल्याण्डलाई दिएको १ सय ३७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १६. १ विना विकेटको क्षतीमा १ सय ३७ रन बनाउँदै लक्ष्य पुरा गर्यो ।

न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र कोलिन मुन्रो नट आउट रहँदै अर्धशतकीय पारी खेले ।

५१ बलमा खेलेका मार्टिनले ८ चौका र २ छक्काको सहयोगमा ७३ रन बनाए । त्यस्तै, ४७ बलमा खेलेका कोलिनले ६ चौका र १ छक्काको सहयोगमा ५८ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको हो ।

श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने नट आउट अर्धशतकीय पारी खेले । ८४ बल खेलेका उनले ४ चौकाको सहयोगमा ५० रन बनाएका हुन् । त्यस्तै कुसल परेराले २९ रन जोड्दा फिसरा परेराले २७ रन जोडे ।

जीतसँगै न्युजिल्यान्डले अंक तालिकामा २ अंक बनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ९ : ३६ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र