विश्वभर पछिल्लो २४ घण्टामा २२ लाख थपिए, २३ लाख निको « Khabarhub

विश्वभर पछिल्लो २४ घण्टामा २२ लाख थपिए, २३ लाख निको

१० हजार ३७० संक्रमितको मृत्यु


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २२ लाख ७३ हजार जना कोरोना संक्र्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ४० करोड ८६ लाख पुगेको छ ।

थपिनेमा जर्मनीमा २ लाख २९ हजार, रुसमा २ लाख ३ हजार, ब्राजिलमा एक लाख ६६ हजार, फ्रान्समा एक लाख ३१ हजार, अमेरिकामा एक लाख १० हजार, टर्कीमा ९५ हजार र बेलायतमा ५८ हजार थपिएका छन् ।

पछिल्लो एक दिनमा २३ लाख ६८ हजार जना संक्रमणमुक्त भएका छन् भने १० हजार ३७० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ३७७, ब्राजिलमा एक हजार १२१, रुसमा ७२२, फ्रान्समा ३२९, टर्कीमा २५३, जर्मनीमा २१५ र बेलायतमा १९३ जना छन् ।

निको हुनेमा सबैभन्दा धेरै फ्रान्समा ३ लाख ८९ हजार, बेलायतमा एक लाख ६१ हजार, ब्राजिलमा एक लाख २१ हजार, रुसमा एक लाख १२ हजार, जर्मनीमा एक लाख १० हजार र टर्कीमा ८५ हजार छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : २२ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा