विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४१ करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४१ करोड नाघ्यो


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४१ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा १८ लाख ४७ हजार कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४१ करोड ५ लाख ५२ हजार पुगेको हो ।

यद्यपि हालसम्म ३३ करोड ६ लाख ३३ हजार ३ हजार जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै १९ लाख १५ हजार ८५० जना संक्रमणमुक्त भएका छन् । आज थपिनेभन्दा निको हुनेको संख्या ६८ हजारले बढी छ । पछिल्लो एक दिनमा ७ हजार ५८६ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ५८ लाख ८२ हजार ७ हजार ७१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुन देशमा कति थपिए ?

जर्मनीमा एक लाख ५१ हजार, ब्राजिलमा एक लाख ३४ हजार, फ्रान्समा एक लाख १८ हजार, टर्कीमा ८६ हजार, इटलीमा ६२ हजार अमेरिकामा ५९ हजार र बेलायतमा ४६ हजारमा संक्रमण पुष्टि भएको हो ।

निको हुनेमा फ्रान्समा ३ लाख एक हजार, अमेरिकामा एक लाख ३२ हजार, रुसमा एक लाख १२ हजार, इटलीमा एक लाख १७ हजार, बेलायतमा ८७ हजार, जर्मनीमा ८२ हजार र टर्कीमा ७३ हजार छन् ।

मृत्यु हुनेमा ब्राजिलमा ८९२, अमेरिकामा ८७३, रुसमा ७२९, टर्कीमा २७२, इटलीमा २८९, बेलायतमा १६७ र फ्रान्समा १६१ जना छन् ।

 

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : ४४ बजे

विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका

सबुजकृष्ण बानियाँ बने विशेष महाधिवेशनको सभापति

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यक्रमको सभापति काठमाडौं जिल्ला कार्यसमितिका

गगनसँगै गोपालमान श्रेष्ठ र तारानाथ रानाभाट पनि पुगे महाधिवेशनस्थल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप काठमाडौंमा नेपाली कांग्रेसका पूर्व

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

मुस्ताङ– हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय