चट्याङ र पहिरोमा परेर २ को मृत्यु | Khabarhub Khabarhub

चट्याङ र पहिरोमा परेर २ को मृत्यु


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् । चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा लागो लागेको स्थानीयवासीले जानकारी दिएका छन् । २० दिनअघि पनि सोही स्थानमा चट्याङ लागेर फूलमाया पाख्रिनको मृत्यु भएको थियो । चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि सम्बन्धित निकायले अर्थिङ जडानलगायत रोकथामको उपाय नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

पहिरोले पुरिएर महिलाको मृत्यु

रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्‍याएको छ । शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो ।

अन्दाजी ४८ वर्षीया माझीको डोजर लगाएर निकाल्ने प्रयास भइरहेको छ । ४:३० बजे पुरिएकी महिला ठूलो पहिरोमा पुरिएकाले निकाल्न समय लाग्ने उद्धारमा खटिएका गाउँपालिकाका कृषि प्राविधिक दिलबहादुर केसीले जानकारी दिए । उनका परिवार भने सकुशल रहेको बताइएको छ ।

माझीसँगै उहाँको घरसमेत पहिरोमा पुरिएको छ । पहिरोले स्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पुर्‍याएको छ भने दुई निजी मोटरसाइकलसमेत पुरिएको छ । गाउँपालिकाको भुँइतलाको दुइवटै सटर पूर्णरूपमा पुरिएको छ ।

सरकारी नम्बरप्लेटको मोटरसाइकललाई पहिरोले क्षति पुर्‍याएको छ । अन्य क्षतिको विवरण भने आउन बाँकी नै छ । अझै पनि पानी पर्न सक्ने सम्भावना भएकाले पहिरोले थप क्षति पुर्‍याउन सक्ने भएकाले सजग हुन पहिरो नजिकका स्थानीयवासीलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ८ : ४१ बजे

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर

कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ?

काठमाडौँ – मङ्गलबार बेलुकी १० बजेदेखि देशको सुरक्षा कमाण्ड सम्हालेको