नेपाली टोली ११ वर्ष पछि मलेसियासँग खेल्दै | Khabarhub Khabarhub

नेपाली टोली ११ वर्ष पछि मलेसियासँग खेल्दै


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बुरीत जालिल राष्ट्रिय मैदानमा घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ । फिफा वरियतामा मलेसियाभन्दा माथि रहेको नेपाली टोलीका खेलाडी लामो समयपछि मलेसियासँग खेल्दैछन् ।

२ मैत्रिपूर्ण खेलका लागि विदेशीएको नेपाली टोलीले मलेसियामाथि जीत निकाल्दै राम्रो शुरुवात गर्ने लक्ष्य बनाएको छ ।

नेपाल र मलेसियाबीच अहिलेसम्म मात्रै ६ पटक भेट भएको छ । जसमा नेपालले ५ खेल गुमाउँदा एक खेल बराबरी खेलेको छ । सन् १९८३ मा भएको पहिलो भेटमा नेपाल ७–० ले पराजित भएको थियो भने १९८५ मा भएको दोस्रो भेटमा गोलरहित बराबरी खेलेको थियो । त्यस्तै १९८५ मा नै भएको दोस्रो खेलमा नेपाल ५-० ले पराजित हुँदा १९८९ मा २-० को अन्तरले पराजित भएको थियो । १९८९ मा नै भएको दोस्रो भेटमा नेपाल ३–० ले पराजित हँदा पछिल्लो पटक २००८ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाल ४-० ले पराजित भएको थियो ।

अन्तिम पटक नेपाली राष्ट्रिय टोलीले मलेसियासँग सन् २००८ मा खेलेको थियो । तत्कालीन खेलाडी अहिलेको नेपाली टोलीमा नरहेकाले मलेसिया नेपाली खेलाडीका लागि नयाँ प्रतिद्वन्दी हो । खेल अगाडिको प्री म्याच कन्फ्रेरेसनमा नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियालाई चुनौति दिने बताएका छन् ।

‘मलेसियासँग खेल्न तयार छौँ,’ कालिनले भने  ‘मलेसियन टिम नेपालभन्दा बलियो छ । हामी राम्रो फुटबल खेल्दै जित्नको लागि खेल्नेछौँ ।’

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मुख्य प्रशिक्षक योहान कालिनले स्ट्राइकरद्वय विमल घर्ति मगर र भरत खवासलाई टिम बाहिर राख्दै नेपाली टिम तयार पारेका छन् ।

फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहँदा मलेसिया १ सय ६८ औ स्थानमा छ । फिफा वरियतामा नेपाल माथि देखिएपनि प्राविधिक रुपमा मलेसिया बलियो टिम हो । मलेसिया जानु अघि नेपाली टोलीका कप्तान विराज महर्जनले उमेर समूहमा हामीले मलेसियासँग खेलेको भएपनि लामो समयदेखि सिनीयर टोलीसँग नखेको बताउँदै मैत्रीपूर्ण खेलमा राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्ने बताएका थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ९ : ५५ बजे

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

तनहुँ – जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते

प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै जेन्जी मुभमेन्टले घोषणा गर्‍यो संघर्षको कार्यक्रम

काठमाडौँ- जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक

राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

काठमाडौं – कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो