प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पक्षमा उभियो जनमोर्चा | Khabarhub Khabarhub

प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पक्षमा उभियो जनमोर्चा


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद्मा दर्ता गरिएको महाभियोग प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने भएको छ ।

जनमोर्चा उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू महाभियोगको पक्षमा रहेको जनाएकी छन् । ‘संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसद्मा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु,’ उपाध्यक्ष पौडेलले विज्ञप्ति जारी गर्दै भनेकी छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले आइतबार संसद्मा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि जनमोर्चाकी उपाध्यक्षको उक्त अभिव्यक्ति आएको हो । प्रतिनिधि सभामा जनमोर्चाका एक सांसद छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : ०५ बजे

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस पुष्टि

चितवन– यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय

जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेट

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’

अमेरिकी डलर बेचेर सरकारले किन्यो थप भारु

काठमाडौं – सरकारले भारतीय रुपैयाँ खरिद गर्न गत आर्थिक वर्षको

काम खोज्दै देश छाड्ने झन् बढे

काठमाडौं – गत आर्थिक वर्षको भदौको तुलनामा यो पटक वैदेशिक

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं– नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला