यी विषयमा पार्टनरसँग कुरा गर्न ढिलो नगर्नुहोस् « Khabarhub

यी विषयमा पार्टनरसँग कुरा गर्न ढिलो नगर्नुहोस्


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कतिपय कुरा कसैलाई पनि भन्न नमिल्ने पनि हुन्छ । तर केही यस्ता कुरा छन् जो आफ्नो पार्टनरलाई भन्न छुटाउनु हुँदैन । यस्ता कुरा लुकाउँदा दाम्पत्य जीवनै समस्यामा पर्न सक्छ । तसर्थ सुमधुर सम्बन्धकालागि जिवनसाथीलाई निम्न कुरा भन्नै पर्ने हुन्छ ।

– पार्टनरसँगको अपेक्षा
विवाह नगर्दै पार्टनरसँग आफ्नो केही अपेक्षा छ भने त्यसलाई खुलस्त भन्न सक्नु पर्छ । यदि विवाह भइसक्यो भने पनि पार्टनरबाट आफूले के के अपेक्षा गरेको छ त्यसको बारेमा बताउन ढिलो गर्नु हुँदैन ।

– निजी काम र एकान्तता
विवाह अघि होस् वा प्रेम सम्बन्धमा, यदि कुनै निजी काममा जाँदै हुनुहुन्छ भने त्यसबारे पार्टनरलाई बताउन आवश्यक हुन्छ । साथै आफूलाई थोरै अलग राखेर एकान्तता खोज्नु भएको छ भने पनि यसलाई खुलस्त पार्टनरलाई भन्नु पर्ने हुन्छ । ताकी पछि यसका कारण कुनै द्वन्द्व सिर्जना नहोस् र सम्बन्धमा विश्वास रहिरहोस् ।

– किनमेल
किनमेलका कुरामा पार्टनरबीच कुराकानी हुनु पर्दछ । साना वस्तु भन्दा पनि ठुलो बजेट वा महंगो चिज किन्दा यसको बारेमा पार्टनरलाई जानकारी गराउने र स्वीकृति लिनु पर्दछ । यसले खर्चको स्रोत र सम्बन्धमा आशंका पैदा हुनबाट बचाउँछ ।

– परिवारको स्वभाव
विशेष गरी नयाँ सम्बन्ध गाँसिएपछि आफ्ना परिवारका सदस्यहरूको स्वभाव बारे पार्टनरलाई थाहा हुँदैन । तसर्थ यसबारे समय छँदै पार्टनरलाई सबैको स्वभाव बारे बताउँदा यसले सम्बन्धमा अड्चन आउने खतरा कम हुन्छ ।

– यौन सम्पर्क
कहिलेकाहीँ आफूलाई मुड नभएको बेलामा पनि पार्टनरले तपाईँलाई यौन सम्पर्कका बारेमा आग्रह वा कर गर्न सक्छन् । पार्टनरकालागि यो चाहना स्वभाविक भए पनि आफूलाई मुड छैन भने यस बारे खुलस्त भन्नु पर्ने हुन्छ । दुबैजना तयार नभएसम्म गरिने यौनसम्पर्क रुचिकर हुँदैन साथै निरर्थक हुन्छ । त्यसैले यसबारे भन्न अप्ठेरो मान्नु हुँदैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : ४५ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण