विश्व इतिहासमा आज : 'भ्यालेन्टाइन डे'देखि युट्युब सुरुआतसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : ‘भ्यालेन्टाइन डे’देखि युट्युब सुरुआतसम्म


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १४ फेब्रुअरी यसै दिन विश्व इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

भ्यालेन्टाइन डे   

आज फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । विश्वमा अनौपचारिक रूपमा सबैभन्दा धेरै मानिसहरूले बिदा मनाउने दिवस हो, यो दिवसमा प्रेम जोडिले ग्रीटिङ कार्ड र उपहारहरु आदानप्रदान गरिन्छ । सन् १९१९ मा आजको दिन सैद्धान्तिक भौतिकवादी अल्वर्ट आइन्सटाइनले आफ्नो पहिलो श्रीमति मिलेभा मारिकसँग विवाहको १६ वर्ष पछि सम्बन्ध विच्छेद गर्नुभएको थियो । सन् १९०३ मा विवाह बन्धनमा बाँधिएको यो जोडीको दुई छोरा थिए।

युट्युब सुरुआत 

१४ फेब्रुअरी सन् २००५ ! भिडियो साझेदारी गर्ने वेवसाइड युट्युब सञ्चालनमा आएको थियो । युट्युबको अहिले २ अरब भन्दा धेरै प्रयोगकर्ता छन् ।

लेबनानका प्रधानमन्त्रीको हत्या

सन् २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । उनको हत्यामा लेबनानका लडाकु हेजबुल्लाहको संलग्न रहेका लेबनानका लागि राष्ट्रसंघको विशेष न्यायाधिकरणले पत्ता लगाएको थियो ।

भोपाल ग्यास लिकका पीडितलाई क्षतिपूर्ति

सन् १९८४ को २ र ३ डिसेम्बरमा भारतको मध्य प्रदेशस्थित भोपालको एउटा विषादी भट्टी युनियन कारबाइड इन्डिया लिमिटेड (यूसीआइएल) मा ग्यास लिक भएको थियो जसलाई भूपाल विपद् भनिन्छ । ग्यास चुहावट हुँदा पाँच लाख मानिस प्रभावित हुनुका साथै २५ हजार जनाको मृत्यु भएको थियो । आजकै दिन अर्थात् १४ फेब्रुअरी मा ९ दशमलव ५ अर्ब डलर क्षतिपूर्ति दिन तयार भएको थियो ।

सलमान रुस्दीविरुद्ध फताह

सन १९८९ मा इरानका नेता आयतोल्लाह रुहोल्लाह खोमनीले प्रख्यात लेखक सलमान रुस्दीविरुद्ध फतवा जारी गरेका थिए । उनको हत्या गर्नेलाई पुरस्कारसमेत घोषणा गरेका थिए । रुस्दीको चर्चित कृर्ति सटानिक भर्सेज (१९८८) लाई लिएर उनीविरुद्ध सो घोषणा गरिएको थियो । सो पुस्तकले इस निन्दा गरेको मुस्लिम मुलुक इरानको भनाई छ ।

अमेरिकाको ११ औँ राष्ट्रपतिको तस्बिर

सन् १८४९ मा अमेरिकाको राष्ट्रपति कार्यालयमा अमेरिकाको ११औँ राष्ट्रपतिको तस्बिर खिचिएको थियो । राष्ट्रपति कार्यालयमा तस्बिर खिचाउने पहिलो राष्ट्रपतिमा जेम्स पोल्क हुनुहुन्थ्यो ।

स्याटलाइट पृथ्वीको कक्षमा

सन् १९८९ मा ग्लोबल पोजिशनिङ सिस्टम भएको २४ वटा स्याटलाइटलाई पृथ्वीको कक्षमा राखिएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ४२ बजे

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो

रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण

झापा– रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार विरुवा