आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई « Khabarhub

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले चाहेका नाम लिँदै वादविवाद गर्न थालेपछि सेनाले जेन-जी समूहलाई फर्काइदिएको छ ।

सैनिकले माइकिङ गर्दै भोलि (बिहीबार) बिहान सम्पर्कमा आउन भनेका छन्‌ । सेनाले भोलि बिहान नेतृत्वकर्ताको नाम र फोन नम्बरसहित सम्पर्क गर्न भनेको छ ।

जेन-जीहरूको भर्चुअल बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटाएपनि भद्रकाली पुगेका विभिन्न समूहले आफूले अघि सारेकै व्यक्तिले आगामी सरकारको नेतृत्व गर्नुपर्ने भन्दै हुटिङ र नाराबाजी गरेका थिए ।

पूर्वप्रधानन्याधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर जेन-जी प्रतिनिधि नेपाली सेनाको मुख्यालय भद्रकालीमा प्रधान सेनापतिसँग कुराकानी गर्न हिँडेका थिए । तर, त्यहाँ भिड जम्मा भइसकेको थियो । भीडका विभिन्न समूहले विभिन्न व्यक्तिको नाम लिएर चर्काचर्की गरे ।

त्यहाँ धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ र काठमाडौँका मेयर बालेन्द्र साहको नाम लिएर उनीहरू भनाभनमा उत्रिएका थिए । केही युवाहरूले अन्तरिम सरकार प्रमुखमा सुशील कार्की मान्य नहुने भन्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ७ : ४३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक