नेयमारमाथि लाग्यो बलात्कारको आरोप « Khabarhub

नेयमारमाथि लाग्यो बलात्कारको आरोप


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेयमारमाथि एक महिलमाथि बलात्कार गरेको आरोप लागेको छ । पीएसजीका लागि खेलिरहँदा फ्रान्सको पेरिसको एक होटेलमा नेयमारले ति महिललाई बलात्कारको प्रयास गरेको भन्दै पेरिस प्रहरीमा उजुरी परेको छ ।

पेरिसको सान पाउलो प्रहरीमा परेको उजुरी अनुसार नेयमारले ति महिलालाई बलात्कार गर्ने प्रयास गरेको समाचारहरु सार्वजनिक भइसक्दा पनि नेयमार र उनको प्रतिनिधिबाट भने कुनै प्रतिक्रिया आएको छैन् ।

नेयमार अहिले कोपा अमेरीकाको तयारीका लागि ब्राजिल राष्ट्रिय टोलीको अभ्यासमा जुटेका छन् । प्रहरीको रिपोर्ट अनुसार नाम नखुलाउने सर्तमा ति महिला र नेयमारको परिचय सामाजिक सञ्जाल इन्स्टाग्राममा भएको थियो । परिचय पछि नेयमारले उनीहरुबीच भेट्ने कुरा भएको थियो ।

केही समयपछि नेयमारले उनलाई प्लेनको टिकट व्यवस्था गर्दै ब्राजिलबाट फ्रान्स बोलाएका थिए । ब्राजिलबाट पीडित युवतीलाई बोलाएर नेयमारले उनलाई पेरिसको सोफ्टेल पेरिस आर्क डु त्रिओम्फेमा राखेका थिए ।

युवती होटलमा बसिरहँदा नेयमार मे १५ मा उक्त होटल युवतीलाई भेट्न पुगेका थिए । जहाँ उनी रक्सी खाएर लठ्ठ भएर उनलाई भेट्न आएको आरोप नेयमारमाथि लागेको छ ।

भेटपछि उनी युवतीसँग आक्रामक रुपमा प्रस्तुत भएका थिए । जहाँ नेयमारले उनीमाथि शारीरिक सम्बन्धका लाग प्रस्ताव राखेका थिए भने अस्वीकारपछि उनले जवरजस्ती गर्न खोजेको पीडित युवतीले प्रहरीको उजुरीमा उल्लेख गरेको बीबीसीले उल्लेख गरेको छ ।

घटनाको २ दिन पछि ब्राजिल फर्किएकी उनले तत्काल फ्रान्स प्रहरीमा भने उजुरी गरिनन् । फुटबल स्टार रोनाल्डोमाथि पनि अमेरीकी युवतीले फ्रान्सको पेरिसमा बलात्कार गरेको आरोप लागेको छ भने उनको मुद्दा पनि पेरिस अदालतमा चलिरहँदा अर्का स्टारको बलात्कार काण्ड सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १० : ५१ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध