प्रचण्डले भने– विप्लव पनि नेकपामा आएर जोडिनुपर्छ | Khabarhub Khabarhub

प्रचण्डले भने– विप्लव पनि नेकपामा आएर जोडिनुपर्छ


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक दिन नेत्रविक्रम चन्द ‘विप्लव’ पनि नेकपा(सत्तारुढ) मा आएर जोडिनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले विप्लव अहिले हिँडिरहेको गन्तव्यबाट लक्ष्यमा पुग्न नसक्ने दाबी गरे ।

‘एक दिन विप्लव पनि यहि आएर जोडिनुपर्छ’ प्रचण्डले भने,‘अहिले जुन गन्तव्यमा हिँडेको छ यसबाट लक्ष्यमा पुँगिदैन । यो जनता र राष्ट्रको लागि क्षति हो ।’

लामो संघर्षबाट लडेर ल्याएको गणतन्त्र र लोकन्तत्रलाई पहिला संस्थागत गर्न आवश्यक भएको प्रचण्डको भनाइ थियो ।  सरकारले अहिले तल्लो वर्ग, पिछडिएको वर्गलाई सम्बोधन गर्ने जमर्को गरेको प्रचण्डको भनाइ थियो ।

उनलाई आइतबार नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनलाई पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश कार्यक्रममा राईले द्वन्दले राष्ट्र र जनतालाई फाइदा नपुग्ने बताउँदै राईले देश परिवर्तनका लागि अन्य विकल्पहरु खुल्ल हुँदा हुँदै द्वन्दवमा जान नहुने बताए । उनले आफू डर, त्रास, धम्की र सुरक्षित हुनका लागि नेकपामा प्रवेश नगरेको बताए ।

कम्युनिस्ट पार्टीको विकासमा आफू कोशेढुंगा बन्नेमा उनले विश्वास व्यक्त गरे । विवेक र वुद्धिले भ्याएसम्म नेकपालाई माथि पुर्‍याउने उनले प्रतिवद्धता व्यक्ति गरे ।

पार्टी नीतिविपरीत सञ्चारमाध्यममा बोल्दै हिँडेको भन्दै राईलाई विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले वैशाख २४ गते पार्टीबाट निलम्बन गरेको थियो ।

राईले सरकारसँग अनावश्यक रुपमा वार्ताको कुरा गरेको र पार्टी विपरित गतिविधि गरेका कारण उनलाई भूमिका विहीन बनाइएको थियो ।

 

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १० : ५६ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र