५४ चिनियाँ एप्समाथि भारतको प्रतिबन्ध | Khabarhub Khabarhub

५४ चिनियाँ एप्समाथि भारतको प्रतिबन्ध


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन् ।

देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भन्दै गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिक टक, वीच्याट र हेलोमाथि प्रतिबन्ध लगाएको थियो ।

सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिव ३०० एप्सहरुमाथि भारतमा प्रतिबन्ध लगाइएको छ । पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनाहरुसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : ३२ बजे

एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको

कैलालीको सुखडमा मदन जयन्ती विशेष विचार गोष्ठी हुने

धनगढी – जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन

पूर्वराष्ट्रपति भण्डारीले शनिबार राजनीतिमा फर्किएको घोषणा गर्न सक्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा (एमाले) को सक्रिय राजनीतिमा

मुस्ताङका चार पालिकामा घुम्ती गोठ निर्माण

मुस्ताङ – जिल्लाको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौँरी तथा