कांग्रेस संसदीय दलको बैठक भोलि | Khabarhub Khabarhub

कांग्रेस संसदीय दलको बैठक भोलि


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

मङ्गलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि सूचना प्राप्त भएको सांसद भीमसेनदास प्रधानले जानकारी दिए । सुचनामा बैठकको एजेण्डा भने तय गरिएको छैन ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र एमसिसीका विषयमा छलफल गर्न बैठक डाकेको हुनसक्ने सांसद प्रधानले बताए ।

सरकारको नेतृत्व गरेको कांग्रेससहित सत्ता गठबन्धनका प्रमुख तीन दलका ९८ सांसदले आइतबार बिहान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावका विषयमा पार्टी संसदीय दलले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

यस विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को बैठक आज बसिरहेको छ । संसद्को बैठक भने यही माघ ४ गते बुधबार डाकिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : ३० बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको