खाली कागजमा हस्ताक्षर गर्न एमालेका पाँच सांसदद्वारा अस्वीकार | Khabarhub Khabarhub

खाली कागजमा हस्ताक्षर गर्न एमालेका पाँच सांसदद्वारा अस्वीकार


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेले आवश्यक पर्न सक्ने भन्दै आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौं । आवश्यक परेको ठाउँमा ती चिजहरुलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने कुरा हुन्छ’, भट्टराईले भने ।

तर एमालेका पाँच सांसदले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । सांसदहरू भीम रावल, घनश्याम भुसाल, झपटबहादुर रावल, पवित्रा निरौला खरेल, र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

खाली कागजको फाइलमा हस्ताक्षर गर्न अस्वीकार गरेकामध्ये भीम रावलले लिखितरुपमा नै असहति राखेका थिए भने अन्य चारले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

हस्ताक्षर गर्न अस्वीकार गरेका सांसद झपट रावलले प्रयोजन थाहा नपाएका कारण हस्ताक्षर नगरिएको बताए । उनले प्रतिशोधको राजनीति गर्न नहुने भन्दै चित्त नबुझेको कुरा जनतामा भन्नुपर्ने बताए ।

सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसको काउन्टरमा अन्य चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न सक्ने नेताहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ८ : ३५ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको