प्रदेश सरकार स्थापना दिवस : लुम्बिनीमा सार्वजनिक बिदा « Khabarhub

प्रदेश सरकार स्थापना दिवस : लुम्बिनीमा सार्वजनिक बिदा


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेश सरकारले मंगलबार प्रदेश स्थापना दिवस मनाउँदै छ ।

प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो ।

कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम केसीले जानकारी दिए ।

उनका अनुसार स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिलाई मात्र आमन्त्रण गरिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयको हाताभित्र बिहान ११ बजे मनाउन लागिएको स्थापना दिवसको तयारी पूरा भएको शर्माले जानकारी दिए । स्थापना दिवस मनाउनकै लागि प्रदेशका सबै मन्त्री तथा प्रदेश प्रमुख दाङ पुगिसकेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभाका सभामुख पूर्णबहादुर घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने छ ।

लुम्बिनी प्रदेशसभाले १७ महिना अगाडि प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा गरेको थियो । तर स्थायी राजधानीमा संरचना नहुँदा बुटवलबाटै प्रदेश सरकारले कामकाज सञ्चालन गर्दै आएको छ । स्थायी संरचना नबनेसम्म मन्त्रालयहरु सार्न नहुने दवाव सत्तारुढ गठबन्धभित्रै छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : ०७ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल