सभामुखविरुद्ध सडकमा युवा संघको सांकेतिक प्रदर्शन « Khabarhub

सभामुखविरुद्ध सडकमा युवा संघको सांकेतिक प्रदर्शन


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुखविरुद्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन् ।

मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर सभामुखको गतिबिधिको बिरोधमा व्यङग्यात्मक प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभाको एमालेले गरेको बिरोध जस्तै उनीहरुले सांकेतिक प्रतिनिधिसभाको बैठकमा ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा देलगायतका नारा लगाउदै बिरोध गरेका थिए ।

युवा संघका अध्यक्ष किरण पौडेलले अहिले समाभुखलाई जोगाउदै एमससीसीलाई अघि बढाउन प्रधानन्यायाधीशलाई महाभियोग लगाइएको आरोप लगाए । उनले स्थानीय तहको निर्वाचन पनि रोक्ने प्रयन्त भएको पनि बताए । सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै सांकेतिक रुपमा प्रतिनिधिसभाको बैठकको आयोजना गरिएको उनको भनाइ छ।

सभामुखले पार्टी फुटाउन भूमिका खेलेको र सत्तापक्षलाई मात्र सहयोग गरेको भन्दै एमालेले निरन्तर रुपमा प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ०२ बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो