सभामुखविरुद्ध सडकमा युवा संघको सांकेतिक प्रदर्शन « Khabarhub

सभामुखविरुद्ध सडकमा युवा संघको सांकेतिक प्रदर्शन


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुखविरुद्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन् ।

मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर सभामुखको गतिबिधिको बिरोधमा व्यङग्यात्मक प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभाको एमालेले गरेको बिरोध जस्तै उनीहरुले सांकेतिक प्रतिनिधिसभाको बैठकमा ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा देलगायतका नारा लगाउदै बिरोध गरेका थिए ।

युवा संघका अध्यक्ष किरण पौडेलले अहिले समाभुखलाई जोगाउदै एमससीसीलाई अघि बढाउन प्रधानन्यायाधीशलाई महाभियोग लगाइएको आरोप लगाए । उनले स्थानीय तहको निर्वाचन पनि रोक्ने प्रयन्त भएको पनि बताए । सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै सांकेतिक रुपमा प्रतिनिधिसभाको बैठकको आयोजना गरिएको उनको भनाइ छ।

सभामुखले पार्टी फुटाउन भूमिका खेलेको र सत्तापक्षलाई मात्र सहयोग गरेको भन्दै एमालेले निरन्तर रुपमा प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ०२ बजे

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३‘ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको