अमेरिका जानका लागि नयाँ नियम–सामाजिक सञ्जालको सूचना दिनु पर्ने | Khabarhub Khabarhub

अमेरिका जानका लागि नयाँ नियम–सामाजिक सञ्जालको सूचना दिनु पर्ने


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका जान चाहनेले अबदेखि सामाजिक सञ्जालको विवरण पेश गर्नु पर्ने भएको छ ।

अमेरिकाको स्टेट डिपार्टमेन्टले एक सूचना जारी गरी अमेरिका जान चाहने सबैले आवेदनसँगै सामाजिक सञ्जालको विवरण पेश गर्नु पर्ने बताएको हो । योसँग आवेदनकर्ताले सामाजिक सञ्जालमा प्रयोग भएको नामसहित पाँच वर्षदेखि सञ्चालनमा रहेको इमेल आइडी र फोन नम्बर पेश गर्नु पर्नेछ ।

यो प्रस्ताव सँगै अमेरिका जान चाहने वार्षिक करिब १ करोड ४७ लाख मानिस प्रभावित हुने अधिकारीहरुले बताएको बीबीसीले बताएको छ ।

तर कुटनीतिक तथा सरकारी तवरमा जानेलाई भने यो नियम नलाग्ने अमेकिाको स्टेट डिर्पाटमेण्टले जनाएको छ ।

यसरी, अबदेखि अमेरिका काम गर्न र विदेश पढ्न चाहनेले आफ्नो सम्पूर्ण सूचना बुझाउनु पर्ने देखिन्छ । यसभन्दा अघि आंतकवादबाट प्रभावित देशका जनतामात्र यस्तो सूचना दिनु पर्ने थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  २ : १३ बजे

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओलीलाई नेताहरूले भने : देउवाले जस्तै राजनीतिक निर्णय गरेर पार्टीबाट बिदा हुनुस्

काठमाडौं – ललितपुरको राजबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि सुरू नेकपा