प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने « Khabarhub

प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली एक हप्ता लामो युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्ड, बेलायत र फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको युरोप भ्रमणबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुने जानकारी दिए ।

त्यसपछि जेठ २७ गते बेलायत पुगेर अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । यस्तै जेठ २९ गते फ्रान्स प्रस्थान गरी प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भ्रमण पूरा गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ३ : ३८ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका