स्क्रिनको लोकप्रिय जोडीको प्रेम | Khabarhub Khabarhub

स्क्रिनको लोकप्रिय जोडीको प्रेम


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरियाली कलाका बारे जानकारका लागि सोन ये जीन र ह्युन बिन परिचित नाम हो। दक्षिण कोरियामा यो जोडी धेरैको मनको ढुकढुकी पनि हो। ‘

क्र्यास ल्यान्डिङ अन यु’ दक्षिण कोरियाको लोकप्रिय सो हो। सन् २०१९ मा कोरियाली टेलिभिजन र नेटफ्लीक्समा नै यो अत्यधिक हेरिएको थियो।

सोमा सोनले युन सेरीको भूमिका निर्वाह गरेकी थिइन्। त्यो भूमिका एक व्यापारी तथा तथा फेसनवाल कपाल भएकी महिलाको रूपमा थियो। ह्युनले रि जियो हायकको भूमिका निर्वाह गरेका छन्। उत्तर अमेरिकी सैन्य अधिकृत तथा माथिल्लो ओहदाको बाबुका छोराको रूपमा हायकको चरित्र छ। यी दुईबीच उत्तर र दक्षिण अमेरिकी छुट्टाइएको डी मेलीटराइज्ड जोनमा भेट हुन्छ र प्रेममा बाँधिन्छन्।

सन् २०२१ को सुरुवाती दिनमै आफ्नो प्रेमलाई सार्वजनिक गरेको सोन तथा ह्युन विवाह बन्धनमा बाँधिएका छन्। इन्सटाग्राममा सेतो विवाहको पोसाक सहितको पोस्टमा सोनले लेखेकी छन्, ‘म सोची रहेको छु यो कथालाई कसरी सार्वजनिक गरूँ। किनकी यो महत्त्वपूर्ण छ।’ हयुनको नाम उल्लेख नगरेरै उनले लेखेका छन्, ‘हो यो उही हो। यो प्राकृतिक हो। यो प्राकृतिक रूपले नै भएको हो।’ उनले फेरि लेखिन्, ‘कृपया हामीलाई हाम्रो भविष्य सृजना गर्न सहयोग गर्नुहोस।’

यसको एक घण्टापछि नै हयुनले आफ्नो व्यक्तिगत सञ्चार एजेन्सी भास्ट इन्टरटेनमेन्ट एन्ड मिडियामा यो कुरा सार्वजनिक गरेका हुन्।

‘हामीले सँगै काम गरेका जीयोंग हायाक र सेरी हामीलाई नजिक ल्याउने पहिलो खुड्किलो थियो। यदि कसैले मैले दोस्रो खुड्किलो चढेको तथा विवाह गरेको कुरा अनुमान गर्छ भने त्यो साँचो हो ।’ उनले अगाडि थपे, ‘उनले मलाई मुस्कान दिइन। आशा गर्छु बाँकी जीवन हामी यसरी नै मुस्कुराएर बिताउने छौँ।’ सोनकै एजेन्सीले पनि पत्रकार सम्मेलन आयोजना गरेर उनीहरूको विवाह पुष्टि गरेको छ।

उनीहरूको विवाह उत्सव मार्च महिनामा मनाइन्छ। कोभिड महामारी भएका कारण त्यो उत्सव शान्त र सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न हुनेछ।

सन र ह्युन कोरियाका एकदमै लोकप्रिय कलाकार हुन्। उनीहरूको एसियामा एकदमै राम्रो प्रभाव छ। सोनले इटालीको फेसन हाउस भ्यालेन्टीनोका लागि पनि काम गर्ने गरेकी छिन्। ह्युन स्विस घडी निर्माता कम्पनी ओमेगा र टम फोर्ड ब्युटीमा काम गरेका छन्।

टेली सिरियलको जोडी
‘क्र्यास ल्यान्डिङ अन यु’ सन् २०१९ र २०२० मा अत्यन्त चर्चामा रहेको टेली सिरियल हो। यो त्यस समयको सबैभन्दा बढी महत्त्व भएको टेलिभिजन ड्रामा पनि थियो। टेलिभिजन इतिहासमै यो तेस्रो मूल्यवान् टेलिभिजन सिरियलको रूपमा रहेको थियो। त्यो टेली सियरल हृदय विदारक थियो। आमा मरे पनि बाबुले दोस्रो विवाह गर्दा बच्चाले पाएको दुखको आधारमा कथाको सुरुवात भएको छ।

दुई देशबीच युद्ध भइरहेको समयमा ती दुई फरक देशका नागरिकबीच भएको प्रेम कथामा आधारित चलचित्र प्राय सफल नै भएका छन्। यसले मन पनि जितेका छन्।

युद्ध र प्रेमको सुरुवात सायद मानव सभ्यताको विकाससँगै सुरु भएको थियो। त्यस अवधिमा दुई देशको युद्धको समयमा पनि प्रेममा बाँधिनेहरूको कथा उस्तै थियो। यसै कथामा आधारित भएर लेखिएका नाटक, कथा, र फिल्मले बजारमा उल्लेख्य सफलता पाए।

२६ नोभेम्बर २००३ मा यसै कथामा आधारित ‘वार एन्ड लभ’ प्रदर्शन भएको थियो। सो चलचित्रमा युद्धरत भारतका युवा तथा पाकिस्तानकी युवतीको प्रेम कथा देखाइएको छ। भारत पाकिस्तान सीमा क्षेत्रमा भएको युद्धमा यो फिल्म आधारित छ। यो भारत र पाकिस्तानको काल्पनिक युद्धको बारे बनाइएको फिल्म थियो।

यसको केही वर्ष अगाडि मात्र सन् १९९६ मा चर्चित साहित्यकार अर्नेस्ट हेमिङवेको जीवनको आधारमा फिल्म बनाइएको थियो। पहिलो विश्व युद्धको समयमा इटालीमा घाइतेलाई सहयोग गर्न अमेरिकाले स्वास्थ्य स्वयंसेवी पठाएको थियो। त्यसै दस्तामा रहेकी नर्स इटालीका एम्बुलेन्स चालक बिचको प्रेम कथामा ‘इन लभ एन्ड वार ’ बनेको हो। सान्द्रा बुलोक र क्रिस ओ डेनलले सो फिल्ममा अभिनय गरेका थिए।

दोस्रो विश्व युद्धको विषयमा त धेरै फिल्म बने। ‘द एक्ससेप्सन’, ‘सुइट फ्रान्चाइज’, ‘कासाब्लान्का’, ‘द आफ्टर म्याथ’ र ‘एटोनमेन्ट’ लगायत दोस्रो विश्व युद्धको सेरोफेरोमा बनेका चलचित्र अत्यन्त सफल भएका थिए।

यी मध्ये धेरैको मन जित्न सफल ‘द आफ्टर म्याथ’ सन् २०१९ मा रिलिज भएको हो। जेम्स केन्टले निर्देशन गरेको यो ड्रामा फिल्म सन् २०१३ मा प्रकाशित उपन्यास रिडिय ब्रोकको सेरोफेरोमा तयार भएको हो। फिल्ममा केरा नाइटली, अलेक्जेन्डर, स्कारगार्ड र जेसन क्लर्कले अभिनय गरेका छन्। २६ फेब्रुअरी २०१९ मा ग्लास्गो फिल्म फेस्टीबलमा यस फिल्मको प्रीमीयर भएको थियो।

सन् २०१५ मा साउल डिबले निर्देशन गरेको तथा म्याट चेयरम्यानले पुन लेखन गरेको ‘ सुइट फ्रान्सेस’ रिलिज भएको हो। यसलाई एरेन नोभ्सकीले लेखेको उपन्यास सेम नेमको दोस्रो भागको रूपमा पनि हेरिएको छ।

यस फिल्ममा माइक विलियम्स, क्रिस्चीयन स्कट, म्याथीयस सोयनट्स, स्याम रिले, रथ विल्सन, लाम्बर्ट विल्सन र मार्गोट रुबेको मुख्य भूमिका छ। यसमा फ्रान्सेली एक कृषकको जर्मन सेनासँग भएको प्रेम कथालाई देखाइएको छ।

यो फिल्मको छायाङ्कन फ्रान्स र बेल्जियममा भएको हो। थ्रेटरमा पहिलो पटक १३ मार्च २०१५मा रिलिज भएको यो फिल्म लाइफ टाइम केबल नेटवर्क मार्फत सन् २०१७ मा अमेरिकामा पुगेको थियो। यो फिल्म अहिले सर्वत्र हेर्न पाइने छ।

यसको एक वर्षपछि नै युद्धमा आधारित अर्को चलचित्र ‘एक्सेप्सन’ बजारमा आएको थियो। सिमोन बर्कले लेखेको यस फिल्मलाई डेभिड लेभीयक्सले निर्देशन गरेका हुन्। लेभियक्सको यो पहिलो फिल्म निर्देशन पनि हो।

दोस्रो विश्व युद्धको समयमा बेलायतले नेदरल्यान्डमा कब्जा गरे पछिको सिलसिलामा यो फिल्म बनेको हो।

सन् २०१६ को टोरन्टो फिल्म भेस्टीबलमा पहिलो पटक यसलाई प्रदर्शन गरिएको थियो। २ जुन २०१७ मा निश्चित स्थान र डिमान्ड भिडियोमा यो सीमित मात्रमा रिलिज भएको हो। यो डाइरेक्ट टिभीमार्फत अमेरिकामा पनि पुगेको थियो। सिग्नेचर इभेन्ट मार्फत २ अक्टोबर २०१७ मा यस फिल्मको रिलिज भएको हो।

यस परम्पराको सुरुवाती चरणमा नै सन् १९४२ मा ‘कासाब्लान्का’को निर्माण भएको थियो। माइकल कुर्टीयजको निर्देशनमा बनेको यस फिल्ममा हम्फ्री बोर्गाटको मुख्य भूमिका छ।

यसमा अमेरिकी महिला र चेक पुरुष बिचको कथालाई देखाइएको छ। जर्मन विरुद्धको लडाइँमा फसेका आफ्ना श्रीमानलाई बचाउन ती महिलाले गरेको सहयोगलाई नै कथाको मुख्य विषय बनाइएको छ। यो पनि दोस्रो विश्व युद्धकै सेरोफेरोमा बनाइएको फिल्म हो।

सन् २००७ मा यसै विषयमा ‘एटोमेन्ट’ बनाइएको थियो। जो राइटले निर्देशन गरेको यो फिल्ममा जेम्स म्याकभोइ, केइरा नाइटली र बेन्डीक्ट कब्मरम्याचको मुख्य भूमिका छ। पहिलो विश्व युद्धको सेरोफेरोमा सन् २०३० मै कथा लेखिए पनि ६ दशकपछि यसमा आधारित फिल्म बनाइएको हो।

भारतमै बेलायती उपनिवेशको समयमा बनाइएको ‘१९४२ अ लभ स्टोरी ’ सर्वाधिक सफल फिल्म हो। युद्धको समयमा युद्धरत दुई पक्ष बिच सम्बन्धित व्यक्ति प्रेममा बाँधिएका हुन सक्छन्। प्रेमलाई भूगोलको सीमा र राजनीतिक विभाजनले रोक्न सक्दैन। नत युद्धले रोक्न सक्छ भन्ने थुप्रै उदाहरण छ। यसै उदाहरण दिने कोरियाली जोडी सोन र बिनको त्यो जोडीको विवाहलाई उनीहरूका धेरै फ्यानले चासो पूर्वक हेरिरहेका छन्। एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ८ : ३० बजे

पाँच महिनामा छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

काठमाडौं – चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म छ खर्ब ४०

राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ नेतृत्व चयन

काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को नयाँ नेतृत्व चयन

कस्तो बन्ला च्याम्पियन ट्रफीमा भारतीय टोली ?

टी-२० क्रिकेटको विश्व च्याम्पियन भारत एक दिवसीय क्रिकेटको विश्व उपविजेता

अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो

लस एन्जलस – लस एन्जलसमा मंगलबार सुरु भएको आगलागी असर

पुल भाँचिएर रोकिएका सवारी साधन वैकल्पिक मार्गबाट सञ्चालन

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर