चितवनमा दुई गैँडा मृत भेटिए « Khabarhub

चितवनमा दुई गैँडा मृत भेटिए


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला परेका छन् ।

निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मृत फेला परेको निकुञ्जले जनाएको छ । गैँडाको खाग र खुर सुरक्षित छन् ।

गैँडाको मृत्युको कारण खुलेको छैन । निकुञ्जका अधिकारीहरूले बाघको आक्रमणमा परी मरेको हो कि भन्ने अनुमान गरेका छन् ।

चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा २७ गैँडा मरेका छन् । तीमध्ये दुई वटा चोरी सिकारीले, एउटा मानवीय त्रुटिले र २४ वटा प्राकृतिक कारणले मरेका निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १० : ४० बजे

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक