चितवनमा दुई गैँडा मृत भेटिए « Khabarhub

चितवनमा दुई गैँडा मृत भेटिए


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला परेका छन् ।

निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मृत फेला परेको निकुञ्जले जनाएको छ । गैँडाको खाग र खुर सुरक्षित छन् ।

गैँडाको मृत्युको कारण खुलेको छैन । निकुञ्जका अधिकारीहरूले बाघको आक्रमणमा परी मरेको हो कि भन्ने अनुमान गरेका छन् ।

चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा २७ गैँडा मरेका छन् । तीमध्ये दुई वटा चोरी सिकारीले, एउटा मानवीय त्रुटिले र २४ वटा प्राकृतिक कारणले मरेका निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १० : ४० बजे

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको