मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु | Khabarhub Khabarhub

मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीको बालाजुमा मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ ।

बिहान करिब ५ बजेर ५५ मिनेटमा बसले दुई जनालाई किचेर फरार भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० बर्सिया महिला हुन् ।

बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । बसको नम्बर अझै खुल्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्र सहितको टिमले अनुसन्धान गरिरहेको छ ।

तीन वटा शङ्कास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरु गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १० : २० बजे

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको