प्रचण्डसँगको भेटमा देउवाले स्पष्ट सन्देश दिए- 'एमसीसी शुक्रबार संसदमा टेबल हुन्छ'  | Khabarhub Khabarhub

प्रचण्डसँगको भेटमा देउवाले स्पष्ट सन्देश दिए- ‘एमसीसी शुक्रबार संसदमा टेबल हुन्छ’ 


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति बन्ने अवस्था न्यून बन्दै गएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको देउवा र प्रचण्डबीचको छलफलमा दुवै नेता आ-आफ्नो अडानमा टसमस भएनन्। ‘आजको बैठकमा पनि प्रचण्डले एमसीसी अनुमोदन संघको निर्वाचनपछि सारौँ भन्नुभयो । उहाँले कुनै पनि अवस्थामा अहिलेको संसदबाट अनुमोदन गर्नु नहुने धारणा राख्नु भयो,’ बालुवाटार स्रोतले भन्यो ।

जवाफमा देउवाले आफ्नो पार्टीले अनुमोदन गर्ने निर्णय गरिसकेका कारण अब पछि धकेल्न नमिल्ने जवाफ दोहोर्‍याएका थिए ।‘हाम्रो पार्टीले निर्णय गरिसकेको छ, अब पछि हट्न सकिँदैन । भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुन्छ,’ प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ।

सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको थियो । प्रतिनिधिसभा बैठकअघि देउवा, प्रचण्ड र नेकपा एस (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भएको छलफलमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने बताएपछि देउवा पछि हटेका थिए ।

त्यसपछि बिहीबार बिहान बसेको बैठकमा पनि देउवा र प्रचण्डबीच सहमति जुट्न सकेन । एमसीसीका विषयमा बिहीबार बेलुकी पाँच बजे सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूबिच बैठक बस्दै छ ।

एमसीसीलाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेको छ । एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लिएको छ । कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा हुबहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १ : ०६ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त

नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई

हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा 

काठमाडौं– इजरायलले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

काठमाडौं– नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले