खगेन्द्रले गरे ड्रिम प्रोजेक्ट ‘पानी फोटो’ निर्माणको घोषणा « Khabarhub

खगेन्द्रले गरे ड्रिम प्रोजेक्ट ‘पानी फोटो’ निर्माणको घोषणा


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – खगेन्द्र लामिछानेले निर्देशन गर्ने गरी फिल्म ‘पानी फोटो’ निर्माणको घोषणा गरिएको छ । जनयुद्धको कथामा आधारित नाटक ‘पानी फोटो’ आठ वर्षअघि मञ्चन भएको थियो । सोही नाटकको मर्ममा रही फिल्म निर्माण गर्न लागिएको हो ।

पन्ध्र वर्षअघि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाबुआमाको कथा फिल्ममा हुनेछ । आइतवार राजधानीमा आयोजना गरिएको औपचारिक कार्यक्रममा अभिनेता खगेन्द्र लामिछानेले यो फिल्मलाई आफ्नो क्षमताले भ्याएसम्म स्तरीय बनाउने बताए ।

‘यो मेरो ड्रिम प्रोजेक्ट हो, नाटक मञ्चनका बेलामा पनि सधै हाउसफूल हुने गथ्र्यो, दर्शकको मनमा एक खाले चाहना पाउँथे,’ खगेन्द्रले भने, ‘यो कथा दर्शकले सुन्नुपर्छ भन्ने लागेर हामीले सिनेमा बनाउने निर्णय ग–यौँ ।’

चलचित्रमा अनुप बराल, सुनील पोखरेल, निशा शर्मा पोखरेल, मेनुका प्रधान, बुद्धि तामाङ, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, कमलमणि नेपाल, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा लेखन खगेन्द्र लामिछानेको नै रहनेछ । लामिछानेले यही फिल्मबाट फिल्म निर्देशनमा डेब्यु गर्दैछन् ।

टुकी आर्टस् प्रा.लि. र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्म काठमाडौं, चितवन, स्याङ्ज्या र रोल्पामा हुनेछ । फिल्मलाई दीपक बज्राचार्यले खिच्नेछन् भने निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गर्नेछन् । नाटक ‘पानी फोटो’ पुस्तकमा पनि उपलब्ध छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : १३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको