जेसिआई सिद्धार्थको विवाद : दुई जना अध्यक्ष | Khabarhub Khabarhub

जेसिआई सिद्धार्थको विवाद : दुई जना अध्यक्ष


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – विवादका कारण जेसिआई सिद्धार्थमा अध्यक्ष नै दुई जना बनेका छन् ।

‘व्यक्तिको होइन, विधिको शासन हुनुपर्छ’ विचार राख्ने सामाजिक संस्था जेसिआइ नै विभाजित बनेको छ । अनिता पाण्डे (अनुपा) र प्रकृति उप्रेतीले अध्यक्ष बनेको घोषणा गरेका हुन् ।

भैरहवाको किङ्गस प्यालेसमा २५ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन आह्वान गरेर पाण्डेलाई अध्यक्ष घोषणा गरिँदा पिस नाइट होटलमा उप्रेतिले पदस्थापन गरिन् ।

२५ औँ पदस्थापनबाट २०२१ को अध्यक्षमा पदभार पाएकी रिमा न्यौपानेको कार्यकाल सकिएपछि वर्ष २०२२ को अध्यक्षमा दुई जनाले दाबी गरेका हुन् ।

अध्यक्ष पाण्डेले जेसिसको विधान अनुसार आफू अध्यक्ष भएको बताइन् । उप्रेतीले विगतमा भएको सम्झौता अनुसार आफू अध्यक्षमा निर्वाचित भएको बताइन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : १४ बजे

जनकपुरधामको सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरमा भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा भएको

जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका विराटनगर सरकारी कार्यालयको सरसफाइ सुरु

काठमाडौं– जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनीका कारण ध्वस्त भएका

प्रधान सेनापतिसँग वार्ता गर्न पुगेका जेन-जीनबीच जंगीअड्डा अगाडि कुटाकुट

काठमाडौँ- अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका

विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदी धादिङको गजुरीबाट पक्राउ

मलेखु– देशको राजधानीका विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दीलाई आज बिहान

अनेरास्ववियु छाडेका सुजनले दुई दिनमै फेरे कुरा, अब एमालेमै डटेर सक्रिय हुने घोषणा  

काठमाडौँ- जेन-जीहरूले सोमबर र मंगलबा गरेको आन्दोलनपछि हतार हतार अनेरास्ववियुको