थपिए कालिकोटमा १८ हजार मतदाता « Khabarhub

थपिए कालिकोटमा १८ हजार मतदाता


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट – जिल्लामा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कालिकोटको मतदाता सङ्ख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए । जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरिनाथ गाउँपालिका र सबैभन्दा कम महावै गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नरहरिनाथ गाउँपालिकाको मतदाता सङ्ख्या १२ हजार ८१७ र महावै गाउँपालिकाको पाँच हजार ५४८ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुर मल्लले जानकारी दिए । कार्यालय प्रमुख मल्लका अनुसार खाँडाचक्र नगरपालिकामा ११ हजार ५७७, रास्कोट नगरपालिकामा १० हजार ५३६ र तिलागुफा नगरपालिकामा १० हजार २६ मतदाता रहेका छन् ।

त्यस्तै पलाँता गाउँपालिकामा आठ हजार १७७, पचालझरना गाउँपालिकामा सात हजार ५०४, शुभकालिका गाउँपालिका नौ हजार २८ र सान्नी त्रिवेणी गाउँपालिकामा सात हजार १९३ मतदाताको सङ्ख्या रहेको निर्वाचन कार्यालय प्रमुख मल्लले जानकारी दिए । त्रीयासी हजार ७६ मतदाता सङ्ख्यामध्ये ४३ हजार १३८ पुरुष र ३९ हजार ९३८ महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाताको सङ्ख्या अद्यावधि गरेर केन्द्रीय निर्वाचन आयोगमा पठाइएको दोहोरिएका मतदाताको नामावली सच्याएर फागुन १३ गरेर संशोधनसहित कार्यालयमा आइपुग्ने र त्यसपछि मतदाताको नामावली स्थानीय तहमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ११ : ०० बजे

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको