करेन्ट लागेर दाजुभाइको मृत्यु « Khabarhub

करेन्ट लागेर दाजुभाइको मृत्यु


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – जिल्लाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ ।

माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : ३० बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार