एमसीसी टेबुल गर्ने/नगर्ने कार्यव्यवस्थाले निर्णय गर्छ : सरकारका प्रवक्ता कार्की | Khabarhub Khabarhub

एमसीसी टेबुल गर्ने/नगर्ने कार्यव्यवस्थाले निर्णय गर्छ : सरकारका प्रवक्ता कार्की


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसीसी टेबुल गर्ने नगर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उनले एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका हुन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले भने, ‘यसबारे कार्यव्यवस्था समितिले निर्णय गर्छ ।’

एमसीसीका सम्बन्धमा दलहरूबीच सहमति नजुटेपछि फेरि आइतबार बिहान १० बजे गठबन्धनको बैठक बस्ने भएको छ । ‘हामी सकारात्मक रूपमा अघि बढेका छौँ । फेरि आइतबार बिहान १० बजे गठबन्धनको बैठक बस्नेछ,’ उनले भने ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ११ : ४० बजे

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा

जेनजी आन्दोलन : विभिन्न क्षेत्रका छ सय २९ भवन पूर्ण क्षति

काठमाडौं – जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

जेनेभा – सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र