लुम्बिनी प्रदेश खेलकुद परिषद् : कर्मचारी हटाउन नपाएपछि अध्यादेश | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश खेलकुद परिषद् : कर्मचारी हटाउन नपाएपछि अध्यादेश


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेश सरकारले अध्यादेश ल्याएसँगै प्रदेश खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समितिहरुमा कार्यकर्ता भर्ती गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले आफ्ना मान्छेलाई नियुक्त गर्न विगत सात महिनादेखि परिषद् र समितिहरुलाई निष्क्रिय बनाएको थियो ।

अघिल्लो सरकारले खेलकुदको विकासका लागि भन्दै प्रदेश खेलकुद विकास परिषद् गठन गरेको थियो । सोही मातहत रहनेगरी जिल्ला खेलकुद विकास समितिहरु बनाइएका थिए । तर, परिषद् र समितिहरूमा आफू अनुकुल व्यक्तिहरू नभएपछि प्रदेश सरकारले अध्यादेश ल्याएर कार्यकर्ता नियुक्तिको बाटो खोलेको हो । प्रदेश सरकारले अघिल्लो सरकारले नियुक्त गरेका परिषद्का सचिव तथा सदस्यहरुलाई यसअघि नै हटाइसकेको छ ।

लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्दीन खाँको प्रस्तावमा ‘प्रदेश खेलकूद विकास ऐन–२०७८’ लाई परिमार्जन गर्नका लागि अध्यादेश जारी गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अध्यादेश जारी गरेका हुन् ।

मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारले अघिल्लो सरकारले गठन गरेको प्रदेश खेलकूद परिषद्लाई बेवास्ता गरेका थिए । जसका कारण प्रदेशमा खेलकुदका गतिविधि ठप्प थिए । अघिल्लो सरकारले गत १ साउन बाँकेका भीम वलीलाई प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरेको थियो ।

रुपन्देहीका कृष्ण देवकोटालाई कोषाध्यक्षसहित २० जनालाई सदस्यमा नियुक्त गरेको थियो । त्यसैगरी सबै जिल्लामा जिल्लास्तरका खेलकुद विकास समितिहरु गठन भएका थिए । यसरी गठन गरिएको खेलकुद परिषदले खर्च गर्न पाउनेगरी रकम विनियोजन गरिएको भएपनि केसी नेतृत्वमा सरकार गठन भएसँगै खेलकूद परिषद् तथा जिल्ला समितिहरुलाई अधिकार दिइएको थिएन । गठित परिषद्लाई जिम्मेवारी पनि नदिने र उनीहरुलाई हटाउन पनि नसक्ने अवस्था भएपछि सरकार आफैँले यूवा तथा खेलकुद क्षेत्रका लागि विनियोजित बजेट खर्च गर्दै आएको थियो ।

प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्का नाममा विनियोजन गरेको बजेट पनि आफ्नै महाशाखामार्फत खर्च गर्ने गरेको थियो । उक्त बाटो फुकाउन सरकारले अध्यादेश ल्याएको हो । प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव भीम वलीले प्रदेश सरकारले पूरै असहयोग गरेर समितिप्रति बेवास्ता गरेको बताए ।

शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता यमबहादुर केसीले अध्यादेश जारी भएसँगै अब समितिलाई सक्रिय बनाइने बताए । ‘प्रदेश खेलकुद परिषद गठन भएपनि समितिका नाममा हालसम्म कुनै बजेट गएको छैन, अब परिषदका काम कारवाही अगाडि बढ्छन्,’ उनले भने ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १२ : ३० बजे

इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष नेता मारिए

काठमाडौं– इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष नेता मारिएका

चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै