कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल घोषणा हुँदै « Khabarhub

कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल घोषणा हुँदै


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कमल थापाको नेतृत्वमा शनिबार राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी बनाएका हुन्।

प्रजातन्त्र दिवसको अवसर पारेर थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। शनिबार बिहान साढे ११ बजे राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा पार्टी घोषणा सभा हुँदैछ।

सम्वद्र्धनवाद, सुशासन र समृद्धि नारासहित कमल थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। उनको साथमा पूर्व राप्रपाका केही नेता खुलेर लागेका छन् भने केही नेता खुलेका छैनन्।

एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि असन्तुष्ट भएका थापाले राजसंस्थाको एजेन्डा छोडेर हिन्दु राष्ट्रलाई मुल आधार बनाएर पार्टी घोषणा गर्न लागेका हुन्।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : ३० बजे

सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने

काठमाडौं – नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर

कैलालीकाे बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध काठ बरामद

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट

ट्रम्पले भनेः अमेरिकी अर्थतन्त्रलाई इतिहासकै बलियो अवस्थामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट

के भन्छन् एमाले महाधिवेशनमा आएका महिला प्रतिनिधि ?

काठमाडौं- काठमाडौंमा यतिबेला एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको रौनक छ

निर्वाचन तालिका आएपछि प्यानल मिलाउन गुण्डुमा ओली पक्ष, थापागाउँमा पोखरेल समूह

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र