सासंदलाई छुट्याइएको ६ करोडविरुद्ध सर्वोच्चमा रिट « Khabarhub

सासंदलाई छुट्याइएको ६ करोडविरुद्ध सर्वोच्चमा रिट


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा सांसदलाई दिने ६ करोडको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सासंदलाई छुट्याईएको बजेट संविधान विपरित भएको भन्दै उक्त व्यवस्था हटाउन माग गर्दै सार्वोच्च अदालतमा रिट परेको हो ।

निर्वाचन क्षेत्रको पूर्वाधार विकास कोष मार्फत सासंदहरुलाई बाँडिएको रकम गैर संवैधानिक भएको भन्दै अधिवक्ता पारसमणि भट्टराइले आइतबार उक्त रिट दायर गरेका हुन् । सांसदलाई ६ करोड दिने व्यवस्था नेपालको संविधानको धारा १,४,५६ र ५७ सँग बाझिएको रिटमा उल्लेख छ ।

उक्त व्यवस्था संविधानसँग बाझिएकाले तत्काल खारेज गर्ने उनले माग समेत गरेका छन् । गत सोमबार उक्त रिट सर्वोच्चका रजिष्ट्रार लालबहादुर कुँवरले दरपीठ गरेका थिए । पछि न्यायाधीश डम्बरबहादुर शाहीले उक्त रिट दायर गर्न प्रशासनलाई आदेश दिएकापछि आइतबार रिट दायर गरिएको हो ।

सांसदलाई विकास खर्च बाडिँदा शक्ति बाँडफाँडको सिद्धान्तमा खलल पुग्ने अधिवक्ता भट्टराईले बताए । सासंदलाई विकासमा काममा खटाइँदा कार्यपालिकाको भूमिकामा हस्तक्षेप हुने रिटमा उल्लेख छ ।

सांसदलाई विकास खर्च दिँदा स्थानीय, प्रदेश र संघीय सरकारको काम र अधिकारमाथि हस्तक्षेप हुने भट्टराईले दायर गरेको रिटमा जनाइएको छ । उक्त रिटमाथि जेठ २४ गते सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : ४४ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा