विश्वकप छनोट: दोस्रो जितको दाउमा नेपाल « Khabarhub

विश्वकप छनोट: दोस्रो जितको दाउमा नेपाल


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसीसी टी- २० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा शनिबार (आज) फिलिपिन्सविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितसहित एक खेल अगावै सेमिफाइलनमा पुग्ने लक्ष्यमा हुनेछ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ११:४५ बजेदेखि सुरु हुनेछ।

नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो।

शनिबार जितसहित सेमिफाइलन प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ। सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ।

प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १० : ३५ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी