पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण « Khabarhub

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – समाचार लेखेको तथा भिडियो प्रयोग गरेको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

गएको माघ २५ गते सुनसरी धरान उपमहानगरपालिका–१५ स्थित युनाइटेड गुर्खा एकेडेमी स्कुल अगाडि भएको अमानवीय घटनाबारे लेखिएको समाचार र प्रयोग भएको भिडियोको विषय लिएर कोसी अनलाइन न्युज पोर्टलको विराटनगरस्थित कार्यालयमा बम प्रहार गर्ने धम्की दिएको घटनाप्रति शाखाको ध्यानाकर्षण भएको हो ।

पसलमा चोरी गर्न खोजेको आरोपमा एक युवालाई सार्वजनिकस्थलमा डोरीले बाँधेर निर्घात कुटपिट भएको विषयमा समाचार प्रकाशित भएपछि मनोज विक नाम गरेका व्यक्तिले बम पड्काउने धम्की दिँदै अनलाइनको पेजमा अडियो म्यासेज गर्ने र अन्य व्यक्तिहरुमार्फत पनि फोन गर्न लगाई अनलाइनको कार्यालयमा धम्की दिएको घटनाको शाखाले घोर निन्दा गरेको छ ।

प्रकाशित समाचार तथा प्रयोग भएको सामग्रीप्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु, कार्यालयमा बम प्रहार गर्छु भत्रे अभिव्यक्ति दिनु प्रेस विरोधी हर्कत भएकाले दोषी उपर कडा कारबाहीको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन शाखाले आज विज्ञप्ति जारी गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : ०१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको