प्रविधि हस्तान्तरणसँगै सीप सिकाउँदै स्थानीय तह « Khabarhub

प्रविधि हस्तान्तरणसँगै सीप सिकाउँदै स्थानीय तह


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली–तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई केही समय अगाडि हाते ट्र्याक्टर प्रदान गर्‍यो । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषक छनोट गरी हाते ट्र्याक्टर वितरण गरेको थियो ।

परम्परागत रुपमा कृषि पेसा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यसहित गाउँपालिकाले वितरण गरेको हाते ट्र्याक्टरले कृषकलाई सहज भएको छ । गोरुको सहायताले खेतबारी जोत्दै आएका कृषक हाते ट्र्याक्टर पाएपछि खुसी भएका छन् ।

गाउँपालिकाले कृषकलाई प्रविधि हस्तान्तरणसँगै सीप पनि सिकाउन थालेको छ । हाते ट्र्याक्टर बिग्रिए मर्मतका लागि पोखरा वा दमौली लैजानुपर्ने बाध्यता रहेकाले कृषक स्वयम्लाई मर्मतसम्बन्धी ज्ञान प्रदान गरिएको गाउँपालिकाका उद्योग शाखाप्रमुख प्रदीप न्यौपानेले जानकारी दिए ।

‘कृषकलाई हाते ट्र्याक्टर त दियौँ, तर बिग्रियो भने बनाउन अन्यत्रै लैजानुपर्ने बाध्यताको अन्त्य गर्न सीप पनि दिएका छौँ’, उनले भने, ‘यसले गर्दा कृषकले आफैंले हाते ट्र्याक्टरको मर्मत गर्न सक्छन् ।’ ट्र्याक्टरमा सामान्य समस्या आउँदा आफैंले मर्मतसम्भार गर्न सकून् र टाढाबाट मिस्त्री ल्याएर मर्मत गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखिएको प्रखुख न्यौपानेले बताए ।

म्याग्दे गाउँपालिका–२ मा सञ्चालित तालिममा १२ जना सहभागी छन् । हाते ट्र्याक्टर मर्मत तालिमले कृषकलाई सजिलो हुने ठानेर सीपमूलक तालिम दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । ‘गाउँपालिकाले कृषकलाई विभिन्न समयमा प्रविधि हस्तान्तरण गरिरहेको छ, यसले गर्दा कृषक व्यावसायिक बन्न सक्छन्’, उनले भनिन् । तालिमका प्रशिक्षार्थी विनोद श्रेष्ठले ट्र्याक्टर मर्मत तालिमले आफूहरुलाई सहज हुने बताउनुभयो । शिवशिखर एग्रो प्रालि पोखराका दिनेश थापाले मर्मतसम्बन्धी सहजीकरण गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : ३० बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को